A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

फुलचोकीबाट हराएका जोन ६ दिनपछि भेटिए

स्कुलबाट फुलचोकी हाइकिङ जाँदा गत बिहीबारदेखि हराइरहेका १७ वर्षीय जोन तामाङ बुधबार फेला परेका छन्। उनलाई हाइकिङ गर्न गएकाले फेला पारेको प्रहरी वृत्त सातदोबाटोका डिएसपी विनोद सिलवालले जानकारी दिए। उनलाई फुलचोकीबाट १० किलोमिटरको दूरीमा हाइकर्सले फेला पारेका थिए । ‘हामीले खोजी गरिरहेका थियौं, सबैको सहयोगले नै उनलाई फेला पार्न सम्भव भएको हो,’ डिएसपी सिलवालले भने। बालकलाई प्रहरीले अभिभावकको जिम्मा लिएर उपचारका लागि ग्वार्कोस्थित बि एन्ड बी अस्पतालमा पठाएको डिएसपी सिलवालले जानकारी दिए। तामाङको अवस्था कमजोर रहेको र उनलाई उपचारको आवश्यकता देखिएकाले अस्पताल पठाइएको प्रहरीले जनाएको छ। ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत जोनसहित ११ जना विद्यार्थी गत बिहीबार प्राचार्य दुर्गाबहादुर ओलीसँग हाइकिङ गएका थिए। हाइकिङबाट फर्कने क्रममा उनी हराएका थिए। उनको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली खटिएको थियो। लामो समयसम्म पनि उनी फेला नपरेपछि आफन्त चिन्तित थिए। 

२०७४ माघ १७ गते ९:१५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: