A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl8pkhpv1idlvpi12k0okt32c0f9ffdv5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका बलात्कारको उजुरी फिर्ता लिन धम्की

बालिका बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त जगातीले ललितपुर महानगरपालिका–९ बुङमतीका १८ वर्षीय वसन्त तामाङलाई पक्राउ गरी आवश्यक कारबाही थालेको छ । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित साढे चार वर्षीया बालिका महिना दिनयता दुईपल्ट बलात्कृत भएकी थिइन् । अभियुक्त वसन्तको परिवार र साथीहरूले बालिकाकी संरक्षकलाई बलात्कारको उजुरी फिर्ता नगरे मार्नेसम्मको धम्की दिंदै आएका छन् । बेवारिसे अवस्थामा भेटिएकी १० महिने शिशुलाई पालेर हुर्काइरहेकी बालिकाकी ६० वर्षीया संरक्षकले भनिन्, ‘सुरुमा तीन लाख रुपैयाँ दिन्छु, हामी मिल्नु पर्‍यो भन्न आए ।’ उजुरी फिर्ता लिन नमानेपछि पटकरपटक धम्की आएको उनको गुनासो छ । बलात्कृत बालिकाको स्वास्थ्य प्रतिकूल हुँदै गएको संरक्षकले बताइन् । पुस ३० मा छोरीले पिसाब फेर्दा गुप्ताङ्ग दुखेको बताएपछि संरक्षकले हेर्दा यौनांगमा घाउ लागेको देखेकी थिइन् । घरेलु उपचारले निको नभएपछि उनले बालिकालाई जनस्वास्थ्य केन्द्र च्याम्हासिंह लगेर उपचार गरेकी थिइन् । ‘बलात्कार जस्तो अपराध सोच्नु पनि भएन, सपनामा पनि नदेखेको घटना भयो,’उनले भनिन् ।

शनिबार ती बालिकाले आफ्नै उमेर बराबरको साथी (बालक) सँग खेल्ने क्रममा साथीलाई थिचिन् । बालककी आमाले के गरेको भनी सोध्दा बालिकाले माया गरेको जवाफ फर्काइन् । ‘(माया) शब्द नै शंकास्पद बन्यो, माया गर्न कसले सिकायो भन्दा बालिकाले वसन्तको नाम लिइन्,’ संरक्षकले भनिन्, ‘सोधपुछ गर्दै जाँदा बलात्कृत भएको पुष्टि भयो, गुप्तांगको चोट बल्ल थाहा पाएँ ।’बालिकाकी संरक्षकले घटनाको महिना दिनपछि मात्रै घटनाबारे विस्तृतमा थाहा पाएकी थिइन् । बालिकाकी संरक्षकले भनिन्, ‘एक्कासि आकाशले थिचे जस्तो भयो । केही सोच्नै नसक्ने अवस्थामा पुगें ।’ बलात्कार जस्तो जघन्य अपराधमा चुप लागेर बस्न नहुने भन्दै ती बालिकाको साथीको अभिभावकले प्रहरीलाई उजुरी गरे । उजुरीको आधारमा प्रहरीले वसन्त तामाङलाई पक्राउ गरी कारबाही थालेको छ । तर, पीडितलाई थप पीडा दिने किसिमले चौतर्फी उजुरी फिर्ता लिन धम्की आएको संरक्षकको गुनासो छ । सानो किराना पसल व्यवसाय सञ्चालन गर्दै आएकी उनलाई बसोबासकै लागि समेत असुरक्षित भएको छ । बलात्कारीलाई कारबाही प्रक्रिया थालेपछि थप असुरक्षित महसुस भएको उनले बताइन् । 

२०७४ माघ २५ गते ९:०३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: