A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionb3if9g0kngcntr76599jhvoegar14snk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

इन्टरनेटमार्फत बालिकाहरुसँगै बालकहरु पनि यौन दुर्व्यवहारमा

नेपालमा इन्टरनेटमार्फत बालिकासँगै बालकहरु पनि यौन दुर्व्यवहारमा पर्ने गरेका छन्। नेपाल प्रहरीमा २०७४ साल असार १ गतेदेखि माघ दोस्रोसाता सम्ममा साइबर क्राइमका ११९७ वटा उजुरी परेका थिए । ती उजुरी हेर्दा बालिकासँगै बालकहरु पनि यौन दुर्व्यवहारमा पर्ने गरेको भेटिएको हो। ११९७ बटा उजुरीमा ८० प्रतिशत यौन दुर्व्यवहारका घटना छन्। त्यस्मा २ सय भन्दा बढी १८ वर्ष मुनिका बालबालिकाहरुलाई विभिन्न बहानामा दुर्व्यवहार गरेको भेटिएको छ।  २ सयमा १ सय २५ जनाजति बालिका र ७५ जना बालकहरु छन् । नेपाल प्रहरीका अनुसार ५ जना बालबालिका यौन दुब्र्यवहारमा परे त्यसमा ३ जना बालिका र २ जना बालक पर्छन्। अमेरिकी नागरिक केनिभ जोसेफ अहिले सुन्धारास्थित जगन्नाथदेवल कारागारमा छन्। बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा २०७४ साल वैशाख १० उनलाई ठमेलको यम्बु होटलबाट नेपाल प्रहरीको सिआइबीले पक्राउ गरेको थियो। त्यसेबला उनको कोठाबाट ४ जना बालकलाई प्रहरीले उद्धार गरेको थियो। १० जना बालकहरुमाथि उनले यौन दुर्व्यवहार गरेको उजुरी पछि सिआइबीले उनलाई पक्राउ गरेको हो। बालकहरुको ब्यवस्था मिलाउन उनले रकम दिएर लुच्चे भन्ने बुद्ध पुतवारलाई खटाएका थिए। 

पुतवारले सडक बालबालिकाको साथै आफ्ना फेसबुकमा साथी भएका केही बालकहरुलाई विभिन्न प्रलोभन देखाएर, उपहार दिएर, यौन सम्बन्धि कुराहरु गरेर जोसेफसम्म पुर्याइदिने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। विदेशी नागरिकले बालकहरुलाई आकर्षित गर्न खाना खाजा दिन्थे भने खेल्न ठाँउसमेत बनाइदिएका थिए। टिभी हेर्ने ब्यवस्था मिलाएका थिए। उनको कोठामा बालकहरु नुहाउन चिटिक्क परेको बाथरुम समेत बनाएका थिए। बालकहरुलाई नुहाउँदा नाङ्गै नुहाउन दबाब दिन्थे। उनीसहित २०७३ साल भदौं २४ गतेदेखि प्रहरीले बालकहरुमाथि यौन दुर्व्यवहार गर्ने ५ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। २० जना बालकलाई उद्धार गरेको थियो। कतिपय आमाबाबुले आफ्ना छोरा जन्मेलगत्तै उनको नाममा फेसबुक एकाउन्ट खोलिदिने प्रचलन छ। अहिले नेपालमा कक्षा ७ भन्दा माथि बढिरहेका अधिकांश बालबालिकाले सामाजिक संजाल प्रयोग गर्छन। सामाजिक संजालमा पनि फेसबुक बढी उनीहरुले प्रयोग गर्ने गरेका छन्। फेसबुकमा उनीहरुले साथभाईसँग अश्लिल कुरा गर्ने, भिडियो सेयर गर्ने प्रचलन पनि बढ्दै गइरहेको छ। काठमाडौंको धुम्बाराहीमा रहेको काष्ठमन्डप विद्यालयमा पढ्ने १३ वर्षीय एक युवकले फेसबुक चलाउन लागेको १ वर्ष भयो। फेसबुकमा पप अफ भएर अश्लिल भिडियो आएपछि क्लिक गरे। भिडियो हेनै थालेपछि साथीभाइसँग सेयर गरेर । पछि साथीभाइसँगै बसेर उनीहरुले हेर्न पनि थाले। पछि आफ्ना छोराले अश्लिल भिडियो हेर्ने गरेको थाहा पाएपछि उनका अभिभावकले विद्यालयमा खबर गरेका थिए। सोही विद्यालयको आग्रहमा सिआइबीले त्यस स्कुलमा पुगेर केही महिना अघि साइबर क्राइम र अनलाइन प्रयोगका बारेमा सचेतना कक्षा संचालन गरेको थियो। परामर्शपछि ती बालकले इन्टरनेटमा आफूले अश्लिल भिडियो र फोटोहरु बढी हेर्ने गरेको खुलेर बताएका थिए। उमेर नपुग्दै सामाजिक संजाल प्रयोग गर्ने, गगुलमा सर्च गरेर पोर्न भिडियो र फोटोहरु हेर्ने, सामाजिक संजालमार्फत पोर्न भिडियो र फोटोको लिंकहरु सेयर गर्ने क्रम बढी रहेको सिआइबीका साइबर सेल हेरिरहेका एसपी नबिन्द अर्यालले जानकारी दिए। ‘पेन ड्राइभमा हालेर इन्टरनेटबाट पोर्न भिडियो र फोटोहरु घरमा ल्यापटपमा गएर हेर्ने क्रम पनि रोकिएको छैन्, ‘एसपी अर्यालले भने। ससाना बालबालिकालाइ अभिभावकले मोबाइल र ट्याव उपहार दिदाँ पनि कतिपय स्थानमा बालबालिकाहरु अश्लिल भिडियो हेर्न पुगेका छन् सिआइबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। ‘आफन्तहरुले नै च्याटमार्फत अश्लिल कुराहरु गरेर भिडियो र फोटो हेर्न हौस्याउनेहरु पनि समाजमा छन,’ उनले भने। बालबालिकाहरुलाई इन्टरनेटमा के गर्दा हुने के गर्दा नहुने केही थाहा नै छैन् उनले भने, त्यसका लागि अभिभावक र शिक्षकले उनीहरुलाई परामर्श दिनु आवश्यक छ। विद्युतीय कारोबार ऐन २०६३ ले १८ वर्षभन्दा मुनिका बालबालिकाले साइबर क्राइम अपराध गरेको ठर्हदैन्। १८ वर्षमुनी यस्ता गतिविधि गरे साइबर बुलिङ भनिन्छ। उनीहरुलाई यस बेला परामर्श आवश्यक रहेने सिआइबीका एसपी अर्यालले जानकारी दिए। १८ वर्षभन्दा माथिले इन्टरनेटमार्फत यौन जन्य क्रियाकलाप गरे त्यसलाई साइबर स्कटिङ भनिन्छ। साइबर स्कटिङ गर्नेलाई भने कारबाही गर्न सकिन्छ। बालबालिकालाई यौन दुर्व्यवहार  भनेको के हो, कसरी परिन्छ, पत्तो नै छैन्, नेपाल प्रहरीका डिआइजी मनोज न्यौपानेले भने त्यसैले यस्ता विषयमा अभिभावक, शिक्षकहरुले उनीहरुलाई सिकाउन आवश्यक छ। डिआइजी न्यौपानेका अनुसार इन्टरनेटबाट बालबालिका यौन दुर्व्यवहारमा परेपछि विभिन्न विद्यालयमा प्रहरी पुगेर जनचेतना जगाइरहेको छ। यसले ‘चाइल्ड सेफ्टी’मा धेरै सहयोग पुग्ने आफूहरुको अपेक्षा रहेको उनले बताए। युनिसेफले सेफर इन्टरनेटको अवसर पारेर भर्खरै सार्वजनिक गरेको तथ्थांकमा विश्वमा हरेक दिन १ लाख ७५ हजार नयाँ बालबालिकाले इन्टरनेट चलाउँछन्। ३ जनाले इन्टरनेट प्रयोग गरिरहदाँ एक जना बालबालिका हुन्छन्। धेरै जसोले सेक्सुअल गतिविधि हेर्छन्। उनीहरुले ब्यक्तिगत कुरा पनि साथीभाइ र आफन्तसँग सेयर गर्छन्।

इन्टरनेटमा सेक्सुअल गतिविधि हेर्दा बालबालिकालाई निकै खतरापुर्ण हुने युनिसेफले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ। नेपालमा भने अश्लिल भिडियो हेरेका केही बालबालिकामा एकोहोरो हुने, टोल्याउने, पढाइमा ध्यान नदिने जस्ता समस्या देखिएका छन्। उनीहरुलाई भक्तपुरस्थित बाल आश्रममा लगेर परामर्श दिने कामसमेत भइरहेको प्रहरीले जनाएको छ। नेपालमा भने सामाजिक संजाल प्रयोगबाट आउने समस्याका बारेमा धेरै जानकार नभएको प्रहरी प्रवक्ता डिआइजी न्यौपानेले बताए। मनोरन्जनका लागि धेरैले सामाजिक संजाल प्रयोग गर्ने गरेको उनले बताए। बालबालिकाहरु मोबाइल, ल्यापटप, ट्याव र सामाजिक संजालमा झुण्डिन थालेपछि उनीहरु अनलाइनमा के गर्छन, कसरी समय विताउँछन्, साथीहरु के गर्छन्, केके सेयर गर्छन सबैकुरा अभिभावकले ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन्। साइबर क्राइम र इन्टरनेट प्रयोगका बारेमा सरकारले नै पाठ्यक्रममा यस्ता विषयबस्तु समेट्नु पर्ने डिआइजी न्यौपानेले बताए। ज्ञानमुलकबाहेक अश्लिल गतिविधि हेर्न नमिल्ने व्यवस्था सरकारले बनाउनु पर्ने उनको भनाइ छ। कतिपय बालबालिका र उनीहरुका अभिभावकलाई इन्टरनेटबाट यौन दुर्व्यवहार भइरहेको ज्ञान नै नभएको भन्दै प्रहरीले त्यस्ता गतिविधि गर्नेविरुद्ध प्रहरीमा उजुरी गर्न आग्रह गरेको छ। बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार साइबर क्राइम गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुन्छ। अथवा दुवै सजाय हुने कानुनी प्रावधान छ। इन्टरनेटबाट बालबालिका दुर्व्यवहारमा परेपछि केन्द्रीय बालकल्याण समितिले ‘चाइल्ड सेफ्टी’का विषयमा नीति निमार्ण महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई घच्घच्याउँदै आइरहेको छ।

२०७४ माघ २५ गेत १०:१५ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: