A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भक्तपुरमा एक महिला र दुई बालिका बलात्कृत

भक्तपुरमा एक महिला र दुई बालिका बलात्कृत भएका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार फरक-फरक मितिमा एक महिला र दुई बालिका जबरजस्ती करणीको शिकार भएका हुन्। परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले सुर्खेतको गुर्बाकोट नपा-९ भुल्के घर भइ हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-८ स्थित श्री इँटा भट्टामा काम गर्दै आएका ३८ वर्षीय कर्णबहादुर तामाङले शुक्रबार राति सोही इँटाभट्टामा काम गर्दै आएकी ४५ वर्षीया महिलामाथि बलात्कार गरेको उजुरी परेको जानकारी दिए। उनका अनुसार शुक्रबार राति घटेको उक्त घटना आइतबारमात्रै प्रहरीकहाँ पुगेको थियो। घटना प्रहरीसम्म पुगेकै दिन आइतबार तामाङलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रसाईंले बताए।

 त्यसैगरी गत बिहीबार दाङको बबई गाउँपालिका-३ हंसपुर घर भई हाल चाँगुनारायण नपा-९ ताथलीमा बस्दै आएका २० वर्षीय सुरेश घर्तीमगरले १६ वर्षीया किशोरीलाई बलात्कार गरेका थिए। पीडित बालिकाले प्रहरीमा उजुरी दिएपछि मात्रै उक्त घटना सार्वजनिक भएको थियो। यसैगरी ललितपुर महानगरपालिका-२२ बुङमती घर भइ हाल भक्तपुर नगरपालिका-१० कमलविनायक बस्र्दै आएका १८ वर्षीय वसन्त तामाङले पाँच वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रसाईंले पीडित बालिकाको उजुरीको आधारमा पीडक तामाङलाई शनिबार नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार तीनवटै घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनबमोजिम मुद्दा अघि बढाइएको छ। साथै पीडित महिला एवं दुई बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ ।

२०७४ माघ २३ गते प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: