A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भक्तपुरमा दुईदिनमा पाँच बलात्कारका घटना

दुई दिनयता जिल्लामा पाँच बलात्कारको घटना भएको छ । जसमध्ये चार बालिका र एक महिला बलात्कृत भएको घटना प्रहरीले सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मङ्गलबार साँझ सूर्यविनायक नगरपालिका–५ सृजनानगर स्थित १४ र १५ वर्षीया दुई बालिका बलात्कृत भएका हुन् । प्रहरीले बालिका बलात्कार गरेको आरोप सर्लाही बरहथहा नगरपालिका–१२ जानकीनगर घईभई सृजनानगर बस्ने २२ वर्षीय अमिर पण्डित र बानेश्वर बस्ने २१ वर्षीया संजिव रायलाई पक्राउ गरेको छ । साथीको घरमा आएको बेला बलत्कार गरेको पीडितको अभिभावकको उजुरीको आधारमा प्रक्राउ गरेको भक्तपुर प्रहरी प्रवक्ता कृष्ण प्रसाईंले बताए । त्यसैगरी, चाँगुनारायण नगरपालिका–९ ताथली स्थित १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दाङ, बबई गाँउपालिका–३, हंसपुर घरभई ताथली बस्ने २० सुरेश घर्ती मगर, भक्तपुर नगरपालिका–१० कमलविनायक स्थित पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२२ बुङमती घरभई बस्ने १८ वर्षीय बसन्त तामाङलाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ । चाँगुनारायण नगरपालिका–८ सुडाल स्थित श्री ईटाभट्टामा मजदुरी गर्दै आएकी ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सोही इटाभट्टामा कार्यरत सुर्खेत गुर्बाकोट नगरपालिका ९ भुल्केका ३८ वर्षीय कर्ण बहादुर पुन मगर पक्राउ परेको डीएसपी प्रसाईंले बताए । पक्राउ परेका बलात्कारका आरोपी पाँचैजनालाई म्याद थप गरेको प्रहरीले जनाएको छ ।

२०७४ माघ २४ गते ९:४२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: