A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एसएसपी नेतृत्वमा छानबिन समिति

इटहरीमा भएको बालिका बलात्कार घटनाको छानबिन गर्न प्रहरीले कोसी अञ्चल प्रहरी प्रमुख हरिबहादुर पालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको छ । समितिका अन्य सदस्यमा प्रहरी गणका एसपी भीम ढकाल, अञ्चल प्रहरी कार्यालयका डीएसपी भीम दाहाल, प्रहरी नायब निरीक्षक लेखनाथ दाहाल र प्रहरी सहायक निरीक्षक सरस्वती राई छन् । इटहरी २० की कक्षा १० मा पढ्ने १४ वर्षीया बालिकालाई अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन अर्थात् पुस १६ गते राति इटहरी २ हलगढामा रहेको रोयल रिसोर्ट होटलमा ब्वाइफ्रेन्ड धरान निवासी जोकम लिम्बू र उनका साथी विराटनगर निवासी मनीष श्रेष्ठले वाइन खुवाएर बलात्कार गरेका थिए । उक्त घटनामा प्रहरीले तत्काल उजुरी लिएर मुद्दा अघि बढाउनुपर्नेमा त्यसो नगरी इलाका प्रहरी कार्यालयमा मिलापत्र गरी सामसुम पारिएको थियो । तर अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० पालले घटनाबारे थाहा पाएपछि तत्कालै अञ्चल प्रहरी कार्यालयको टिम सक्रिय बनाएका थिए । लगत्तै प्रहरीले माघ १२ गते जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दायर गर्‍यो । घटना हुँदा अञ्चल प्रहरी प्रमुख पाल र इप्रकाका प्रहरी नायब उपरीक्षक सञ्जय राउत बिदामा थिए । उनीहरू सातापछि बिदा सकेर फर्किएपछि घटनाबारे जानकारी पाएका थिए ।

एसएसपी पालले निमित्तको जिम्मेवारी एसपी विद्यानन्द माझीलाई दिएका थिए भने डीएसपी राउत प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई निमित्त प्रमुख बनाएर बिदामा बसेका थिए । उक्त समयमा भएको घटनामा प्रहरीले मुद्दाको साटो मिलापत्र गराएको थियो । पीडितका अभिभावकले मिलापत्र गर्नुपर्छ भनेर दबाब दिइएपछि आफूहरूले मिलापत्र गरेको बताएका छन् । पछि धरानबाट अञ्चल प्रहरी कार्यालयले ‘यो मुद्दा मिल्ने खालको होइन’ भनेर छोरीबाट उजुरी लिई मुद्दा अघि बढाएको अभिभावकहरूको भनाइ छ । मुद्दा मिलाउन सबै पक्षलाई करिब ३० लाखको भागबन्डा गरिएको स्रोतले बताए पनि पीडितका बाबुआमाले कुनै रकम नलिएको बताएका छन् । जघन्य अपराधको घटनामा प्रहरीले ‘जाहेरी परेन र मुद्दा अघि बढाइएन’ भन्ने जवाफ दिन नपाउने भएकाले घटनाका आरोपी र मिलापत्र गराउन भूमिका खेल्ने सबैलाई कानुनको दायरामा ल्याउने एसएसपी पालले बताए । जघन्य अपराध अनुसन्धानमा प्रहरी आफैं सक्रिय हुनुपर्नेमा एकाएक निष्क्रिय देखिनुको कारण खोजी गरिने र दोषीमाथि कारबाही हुने उनले बताए । उनले भने, ‘प्रहरी अथवा अन्य जो भए पनि दोषीमाथि कारबाही हुन्छ ।’ सूक्ष्म रूपमा अध्ययन गरी प्रहरी र बाहिरका बिचौलिया दुवैमाथि कारबाही हुने उनले बताए ।

एक आरोपी पक्राउ
घटना सार्वजनिक भएलगत्तै प्रहरीले इटहरी १ तरहराबाट बालिकाका प्रेमी जोकम लिम्बूलाई पक्राउ गरेको छ । पक्राउ गरिएका जोकमको बयानका आधारमा घटनाको थप विवरण संकलन गरिने प्रहरीले जनाएको छ । बालिकालाई जबर्जस्ती करणी गर्ने जोकमका साथी मनीष श्रेष्ठ भने फरार छन् । विराटनगर निवासी उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । केही दिनपछि उनी पनि पक्राउ पर्ने प्रहरीले जनाएको छ । घटनामा प्रेमी जोकमले प्रेमिकालाई सुरक्षा प्रदान नगरेर योजनाबद्ध ढंगले साथीका लागि प्रशस्त ‘मौका’ सिर्जना गरिदिएकाले उनी पनि उत्तिकै दोषी रहेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।
यता, बलात्कार घटनामा मिलापत्र गराएर आरोपी भगाइएको आरोप लगाउँदै महिला अधिकारवादीहरू सडकमा उत्रिएका छन् । महिला सञ्जाल सुनसरीको अगुवाइमा शनिबार इटहरीमा प्रहरीको शंकास्पद व्यवहारप्रति खबरदारी गर्दै र्‍याली निकालिएको हो । उनीहरूले उपमहानगपालिकाको गेटबाट इलाका प्रहरी कार्यालयसम्म ब्यानरसहित र्‍याली निकालेका थिए । र्‍याली अघिको कोणसभालाई सम्बोधन गर्दै सञ्जालकी अध्यक्ष विमला ढकालले जघन्य अपराधमा समेत दर्ता नगरी मिलाउने पक्षमा जानु महिला हिंसालाई बढावा दिनु भएकाले तत्कालै घटनाका आरोपी र सामसुम बनाउनेलाई कारबाही गर्नुपर्ने माग गरिन् ।
इटहरी उपमहानगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक लक्ष्मी गौतमले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै दोषीको तत्काल खोजी गरी कानुनी कारबाही हुनुपर्ने र घटनालाई सामान्यीकरण गर्दै महिला अस्मितालाई रकमको लेनदेनमा खरिदबिक्री गर्नेलाई समेत कडा कारबाही गरिनुपर्ने बताइन् ।
महिला पुनस्स्थापना केन्द्र ९ओरेक० की परियोजना संयोजक मौसम राईले सरकारवादी मुद्दामा उजुरी नपरेको भन्दै प्रहरी पन्सिएर घटनाका आरोपीलाई नै छाड्नु पीडितलाई झन् पीडा थोपर्नु भएकाले तत्कालै न्यायिक उपचार जरुरी रहेको बताइन् । प्रहरीले घटना भएको झन्डै एक महिनापछि उजुरी दर्ता गरेर केस अघि बढाउनु पनि शंकास्पद रहेको उनले बताइन् । माया घर नेपाल, क्लिन इटहरी, प्रोत्साहन नेपाललगायतका संघसंस्थाले घटनाका आरोपीलाई तत्काल पक्राउ गरी कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन, मानवअधिकार आयोग, इटहरी नगरपालिका न्यायिक समितिलाई पनि बोधार्थ दिइएको छ ।

२०७४ माघ २१ गते ६:४४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: