समाचारमा बालबालिका

बसको ठक्करबाट बालिकाको मृत्यु, राजापुरमा यातायात ठप्प

बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि बर्दियाको राजापुर क्षेत्रमा यातायात ठप्प पारिएको छ । काठमाण्डौको लागि शुक्रबार छुटेको ना। ७ ख ९०५ नम्बरको बसले राजापुर नगरपालिका वडा ८ धोबिनपुर निवासी ११ बर्षकी बबिता शाहीलार्इ ठक्कर दिएको मृतकका आफ्न्तले जनाएका छन् । शुक्रबार दिउसो ३ बजे तिर शाहीको मृत्यु भएको भोलिपल्ट दिउसोसम्म बस समितिले कुनै वास्ता नगरेपछि उचित क्षतिपुर्तिको मागसहित आन्दोलन चर्काएका हुन्। आज बिहानैदेखि कोठीयाघाटमा जम्मा भएर लामो तथा छोटो दुरीका सम्पूर्ण यातायातका साधान अवरुद्ध गरेका छन् । ईलाका प्रहरी कार्यालय राजापुरमा दुबै पक्षको छलफलपछि कुनै निकास नआएपछि मृतकका आफन्तहरुले थप आन्दोलन गरेका हुन् । मृतक शाहीका आमा बुबा नभएकाले मामा घरको हजुर आमासँग बस्दै आएकी थिइन् । शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा राखिएको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । प्रहरी र स्थानीय प्रशासनले पनि सार्थक पहल नगरेको आफन्तको दावी रहेको छ । आजै वार्ताको पहल हुने यातायात समितिले जनाएको छ ।

२०७५ वैशाख ९ गते प्रकाशित