A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार बढ्दो

जिल्लामा पछिल्ला वर्षहरूमा बलात्कारका घटनामा वृद्धि भएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको पछिल्ला चार वर्षको तथ्यांकअनुसार जिल्लामा जबर्जस्ती करणी र करणी उद्योगका गरी १५७ वटा मुद्दा दर्ता भएका छन् । कैलाली प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष (आव) २०७४/७५ को फागुन मसान्तसम्ममा जिल्लामा ५५५ वटा अपराधका मुद्दा दर्ता भएकोमा बलात्कारका २३ र बलात्कार उद्योगका १३ वटा मद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयमा आव २०७१/७२ मा ६२०, आव २०७२/७३ मा ६०१ र आव २०७३/७४ मा ६४८ वटा अपराधिक मुद्दा दर्ता भएका थिए । दर्ता भएका कुल मुद्दामध्ये आव २०७१÷७२ मा ३१, आव २०७२/७३ मा २६ र आव ०७३/७४ मा ३० वटा बलात्कारका मुद्दा र आव २०७१/७२ मा २१, आव २०७२/७३ मा ५ र आव २०७३/७४ मा आठवटा बलात्कार उद्योगका मुद्दा दर्ता भएका थिए ।

बालिका बढी पीडित
बलात्कार तथा करणी उद्योगमा बढीजसो बालिका पीडित हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । कैलालीमा आव २०७४/७५ को फागुनभत्रि दर्ता भएका बलात्कार अपराधका कुल ३६ मुद्दामध्ये ६३ प्रतिशतमा बालिका नै पीडित रहेको पाइएको छ । अनुसन्धानले जिल्लामा बलात्कारअन्तर्गत २३ बालिका, १७–२५ वर्ष उमेर समूहका सात, २६–४० वर्ष उमेर समूहका पा“च र ४१–६० वर्ष उमेर समूहको एक जना पीडित रहेको तथ्यांक निकालेको छ । यस्तै, बलात्कारमा बालिका १३, १७–२५ वर्ष उमेर समूहका पा“च, २६–४० वर्ष उमेर समूहका चार र ४१–६० वर्ष उमेर समूहका एक जना रहेका छन् भने बलात्कार उद्योगअन्तर्गत बालिका १०, १७–२५ वर्ष उमेर समूहका दुई, २५–४० वर्ष उमेर समुहका चार जना पीडित रहेका छन् ।

युवाहरूको संलग्नता बढी
बलात्कार र जबर्जस्ती उद्योगका घटनामा बढीजसो पीडक युवाहरू रहेको प्रहरी अनुसन्धानले जनाएको छ । अनुसन्धानअनुसार कुल घटनामध्ये १६–२५ वर्ष उमेर समूहका ६१ प्रतिशत युवा त्यस्ता घटनामा संलग्न रहने गरेको देखिएको छ । बलात्कार घटनामा १६ वर्षमुनिका चार, १६–२५ वर्ष उमेर समूहका १४, २६–४० वर्ष उमेर समूहका ६, ४०–६० वर्ष उमेर समूहका चार जना संलग्न रहेको देखाइएको छ भने बलात्कार उद्योगअन्तर्गत बालक पाँच, १६–२५ वर्ष उमेर समूहका आठ र २५–४० उमेर समूहका पा“च जनाको संलग्नता रहेको देखिएको छ ।

सहरमा महिला तथा बालिका असुरक्षित
प्रहरी अनुसन्धानले सहरमा महिला तथा बालिका असुरक्षित हुने देखाएको छ । चालू आवमा दर्ता भएका बलात्कारका कुल ३६ मुद्दामध्ये ८३ प्रतिशत बलात्कारका घटना सहरी क्षेत्रमै भएको पाइएको छ । अनुसन्धानअनुसार बलात्कारका घटना सबैभन्दा बढी धनगढी उपमहानगरपालिका १२ वटा रहेका छन् ।त्यस्तै, भजनी नगरपालिकामा पा“च, गोदावरी नगरपालिकामा चार, लम्की नगरपालिकामा तीन, टीकापुर, गौरिगंगा, घोडाघोडी नगरपालिका र जानकी गाउ“पालिकामा दुई÷दुई तथा चुरे, कैलारी, बडी बर्दगोरिया गाउ“पालिकामा एक÷एक बलात्कारका घटना रहेका छन् ।

मदिरा प्रमुख कारक
खुला सिमाना, लागूऔषध तथा मदिरा नै बलात्कारको प्रमुख कारण रहेको कैलाली प्रहरी प्रवक्ता वीरबहादुर बुढा मगरले बताए । उनले जिल्लामा अशिक्षा, गरिबीको संख्या अत्यधिक रहेका कारण पनि बलात्कारलगायत अन्य जघन्य अपराधहरू बढेको बताए । आधुनिक संस्कृतिको प्रभाव तथा सञ्चारकामाध्यम तथा सामाजिक सञ्जालको दुरूपयोगले पनि महिला हिंसाका अपराधहरूमा दिनानुदिन बढ्दै गएको उनले बताए । उनले कानुनको जानकारीको अभाव, लैंगिक प्राथमिकता, सामाजिक मान्यता, आर्थिक परनिर्भरता, शिक्षा र रोजगारीमा महिलाको न्यून पहु“च, नीति, निर्माण, सञ्चार, कानुनी क्षेत्रमा महिलाको न्यून प्रतिनिधित्वलगायतका कारण पनि जिल्लामा महिला हिंसाका घटना बढी रहेको उनको भनाइ छ ।

जनचेतनामूलक कार्यक्रम गर्दै प्रहरी
कैलालीसहित देशभरि बलात्कारका घटनाहरू बढ्दै गएपछि कैलाली प्रहरीले जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको छ । जिल्लामा बलात्कारलगायत महिला हिंसाका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा चुनौती देखिन लागेपछि सो कार्यक्रम अघि बढाउन लागेको कैलाली प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । यस अभियानका लागि कैलाली प्रहरीले तीनमहिने कार्ययोजना तयारी गर्न लागेको उनले बताए । उनले अभियानअन्तर्गत स्कुल सम्पर्क,, पर्चा पम्प्लेट वितरण, खुला स्थानमा अन्तक्र्रिया, महिनैपिच्छे मुद्दा चल्ने एकाइमा कार्यरत प्रहरी कर्मचारीलाई सरकारी वकिलले अनुसन्धान तथा अभियोजनसम्बन्धी अनुशिक्षण गर्ने, फोरेन्सिक ल्याबबाट संकलन, प्याकेजिङलगायतबारे अनुशिक्षण प्रदान गर्नेलगायत छन् ।

२०७५ वैशाख ३ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: