A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बढ्दै बाल यौनदुराचार, विदेशी दुराचारीको निशानामा नेपालका बालबालिका

राजधानी काठमाडौं र त्यस आसपासका जिल्लामा पछिल्लो समय बाल यौनदुराचारका घटना एकपछि अर्को गर्दै बढ्न थालेका छन् । २०७४ साल सुरु भएयता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी परिसर काठमाडौंले करिब १० जना बाल यौनदुराचारीलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याइसकेको छ । पक्राउ पर्नेमा अधिकांश विदेशी नागरिक, त्यो पनि उमेर ढल्किसेकाहरू छन् । प्रहरीले यस वर्ष बाल यौनदुराचारीबाट पीडित २० जनाभन्दा बढी बालबालिकाको उद्धार गरिसकेको छ । उद्धार गरिएका बाल–बालिकाहरूको उमेर धेरैको १२ देखि १६ वर्षसम्म रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । ‘एक–दुई नेपालीबाहेक अधिकांश विदेशी नागरिक यस्तो किसिमको अपराधमा संलग्न भएको देखिन्छ’, केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक ९डीआईजी० पुष्कर कार्की भन्छन्, ‘पटक–पटक विदेशी नागरिकहरू यस्तो अपराधमा संलग्न भएको खुलेपछि हामीले त्यस्ता घट्ना न्यूनीकरणका लागि विशेष निगरानी बढाएका छौं ।

समाजसेवाको आवरणमा ‘बाल यौनदुराचार’ 
क्यानेडियन नागरिक पिटर डाल्गिस उमेरले ६० पुगिसकेका छन् । नेपालका विपन्न समुदायलाई शिक्षा र खानेपानीको क्षेत्रमा सहयोग गर्ने ‘समाजसेवी’को आवरणमा पटक–पटक नेपाल आउने गरेका डाल्गिस चैत २४ गते काभ्रे जिल्लाबाट पक्राउ परे । दुई वर्षदेखि नेपालमा ‘हिमालय कम्युनिटी फाउन्डेसन’ नामक संस्था सञ्चालन गर्दै आएका डाल्गिस बाल यौनदुराचारी रहेको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले डाल्गिस बस्दै आएको काभ्रेको मण्डन देउपुरस्थित एक घरबाट १२ र १४ वर्षका दुई बाल–बालिकाको उद्धार गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक ९डीआईजी० कार्कीका अनुसार डाल्गिसले विपन्न समुदायका बालबालिका छनोट गरेर पढाउने, विदेश घुमाउने र ठूलो भएपछि जागिर लगाइदिने प्रलोभनमा पारेर यौन शोषण गर्दै आएका थिए । संयुक्त राष्ट्रसङ्घको ‘यूएन ह्याबिट्याट’ अफगानिस्तानमा कन्ट्री रेप्रिजेन्टेटिभका रूपमा सन् २०१० देखि २०१४ सम्म काम गरिसकेका पिटर हाइप्रोफाइल दुराचारी हुन् । उनले ३ वटा मानार्थ विद्यावारिधि प्राप्त गरेको बताईएको छ ।

अर्चना पनेरुको ‘श्रीमान’ पनि दुराचारी !
पोर्न स्टार बन्ने आकाङ्क्षा पालेकी अर्चना पनेरुसँग विवाह गरेको भन्दै चर्चा कमाएका अमेरिकी नागरिक वुल्फ प्राइस पनि बाल यौन दुराचारी रहेको पाइएको छ । चैत २३ गते महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले गाँजासहित फेला पारेको वुल्फ बस्ने घरमा दुई जना बालबालिका फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी)मोहन थापाले बताए । प्राइस बस्दै आएको बलम्बुस्थित एक घरमा फेला परेका १२ वर्षीय दुईजना बालकहरूलाई तीनथानस्थित बाल हेल्पलाइनले काउन्सेलिङ गरिरहेको छ । प्रहरी अनुसन्धानका क्रममा वुल्फले तनहुँको आबुखैरेनीमा समेत अवैध रूपमा बालबालिका राखेको बारे प्रहरीले अनुसन्धान गरिहेको छ । वुल्फ प्राइसबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार उनी बस्ने घरमा दैनिक बालबालिका र युवतीहरूको आवतजावत भइरहन्थ्यो । 

बाल यौनदुराचारमा अरू को–को ? 
प्राइस र पिटरबाहेक अन्य पाँच जना विदेशी र एक नेपालीलाई सीआईबीले आर्थिक वर्ष २०७३÷७४ मा बाल यौनदुराचार मुद्दामा नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको थियो । २०७४ भदौ २१ मा अस्ट्रियाका नागरिक ४५ वर्षीय केन्डलर मार्कुस नाबालकसहित पक्राउ परेका थिए । ठमेलको एक होटलबाट पक्राउ परेका मार्कुस अहिले काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि केन्द्रीय कारागारको थुनामा छन् । जर्मन नागरिक अल्वर्ट फ्रेड ठमेलको एक होटलमा बसेर नाबालकहरूसँग यौन शोषण गर्थे । २०७४ असारमा केन्द्रीय अनुसन्धान ब्युरोको फन्दामा परेका अल्बर्टलाई काठमाडौं जिल्ला अदालतले ९ वर्षको कैद सजाय सुनाएको छ । १ जना पीडित बालकसँगै फेला परेका अल्बर्ट अहिले केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् । नेदरल्यान्डका हेन्रिकस एड्रिअन्स उमेरले ७५ पुगिसकेका छन् । बुढेसकाल लागेपछि नेपाल आएर कलिला नानीबाबुहरूसँग यौन शोषण गर्दैै आएका हेन्रिकस २०७४ कात्तिका काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका थिए । एकजना बालकलाई यौन शोषण गर्ने गरेको सूचनाको आधारमा पक्राउ परेका हेन्रिकस अहिले पुर्पक्षको लागि थुनामा छन् ।२०७३ भदौ २४ गते ठमेलबाट पक्राउ परेका अमेरिकी नागरिक केन्नेथ जोसेफ अहिलेसम्म पक्राउ परेका मध्ये सबैभन्दा धेरै अपराध गर्ने यौन दुराचारी हुन्  केन्नेथबाट १० जना बालबालिका पीडित भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । जिल्ला अदालत काठमाडौंको २०७४ वैशाख १० गतेको फैसला अनुसार केन्नेथलाई ९ वर्षको कैद सजाय फैसला भएको बताइएको छ । ६३ वर्षीय जर्मन नागरिक योगेन भन्ने हान्स जर्जिन भोटेबहलस्थित एक घरमा बस्थे । २०७४ पुसमा दुई जना पीडित नेपाली नाबालकसहित पक्राउ परेका जर्जिन बाल यौनदुराचार मुद्दामा केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन्  नेपाल प्रहरीको अप्रेसनमा अहिलेसम्म बाल यौनदुराचार मुद्दामा पक्राउ परेका नेपाली हुन् बुद्ध पुतवार । २०७३ भदौमा पक्राउ परेका पुतवरलाई जिल्ला अदालत काठमाडौंले ४ वर्षको कैद सजायको फैसला सुनाइसको छ । 

२०७४ चैत्र २९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: