समाचारमा बालबालिका

मोटरसाईकलको ठक्करबाट बालिकाको मृत्यु

मोटरसाईकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। कालिगण्डकी करिडोर सडकखण्डकको रम्भा गाउँपालिका–१, हुँगीमा स्थानीय ८ वर्षीय बालिका सपना विकको मृत्यु भएको हो। उनलाई लु ३६ प ५६१६ नम्बरको मोटरसाईकलले नयाँ वर्षको दिन शनिबार दिउँसो ३स्३० बजे हुँगीको साठीमा ठक्कर दिएको थियो। विकको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा आईतबार दिउँसो मृत्यु भएको हो। नयाँ वर्ष रमाईलो मेला अवलोकन गर्न आएका रामपुरका युवा सवार मोटरसाईकलले विकलाई ठक्कर दिँदा उनी गम्भिर घाईते भएकी थिईन्। मृतक सपनाका बुबा भीम विकले तिव्र गतिको मोटरसाईकलले पसल जाँदै गरेकी छोरीलाई ठक्कर दिएको बताए । उनको शव पोष्टमार्टम गरि परिवारलाई हस्तान्तरण गरिएको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा राखि आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडी बढाएको छ ।

२०७५ वैशाख २ गते ६:५० मा प्रकाशित