A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हराएका ४ बालक भारतमा फेला

जिल्ला स्थित हरिवनबाट झण्डै एक महिना अघि वेपत्ता भएका ३ बाल एवं एक किशोर भारतमा फेला परेका छन्। चैत ३ गते दिउँसोबाट सम्पर्क विहिन भएका हरिवन नगरपालिका–११ निवासी पुष्पकुमार स्याङतानका छोरा १२ वर्षीय करुण स्याङतान, सन्तोष गौतमको छोरा ११ वर्षीय सुमित गौतम र सकल गोलेका छोरा ११ वर्षीय संसार गोले तथा १६ वर्षीय किशोर नवराज भन्ने कुमार लामा भारतमा फेला परेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। १६ वर्षीय कुमारको लहैलहैमा लागेर काम गर्न भन्दै ४ जना भारत तर्फ गएको प्रहरीले जनायो। ‘हराएका ४ जना नै भारतको बज्रटोला छाप्रा पुलिस स्टेशनले फेला पारेको छ’, ईलाका प्रहरी कार्यालय हरिवनका निरीक्षक रामकाजी थापाले भने, ‘प्रकृया पुर्यालएर घर ल्याउनका लागि पहल भईरहको छ। हराएका बालक एवं किशोरका अभिभावकले चैत ४ गते प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए। अभिभावकको उजुरी लगतै प्रहरीले प्रधान कार्यालय मार्फत मुलुकभर तथा सीमा क्षेत्रका भारतीय प्रहरी इकाईहरुमा समेत अनौपचारिक रुपमा फोटो सहितको विवरण संचार गरेको थियो। प्रधान कार्यालयको बालबालिका खोज केन्द्र अन्तर्गत भारतीय प्रहरीसँग समन्वय गरेर बालक एवं किशोरलाई ल्याउने प्रयास भईरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए। साता अघि नै बालकहरुलाई भारतीय प्रहरीले फेला पारेको थियो। ‘प्रकृया पुर्याएएर ल्याउनु पर्ने हुँदा ढिलाई भएको हो’, पनि थापाले भने, ‘चाँडै नेपाल ल्याउने प्रयास भईरहेको छ।

२०७५ वैशाख १ गते ६:२० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: