A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालक हत्यारालाई ३१ वर्ष कैद

बालक अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका दुईजनालाई महोत्तरी जिल्ला अदालतले मंगलबार ३१ वर्ष कैद सजाय सुनाएको छ। जलेश्वर १२ मलिवारा गाउँबाट नवीन पाण्डेका ११ वर्षीय छोरा क्युट भनिने निश्चललाई २०७२ पुस ३० गते साँझ ६ बजे अपहरण गरी जलेश्वर १३ स्थित रातु खोलाको पुल नजिकै झारीमा हत्या गरेर गाडेको आरोपमा अदालतले जलेश्वर नगरपालिका- १ बस्ने पप्पु यादव र ६ बस्ने २० वर्षीय गोविन्दकुमार मिश्रलाई कर्तव्य ज्यान मुद्दामा सो सजाय सुनाएको हो। साथै दुवैजनालाई जनही करिब  १६ लाख जरिवानासमेत ठहर गरिएको श्रेस्तेदार रामानन्दप्रसाद अधिकारीले बताए। सोही मुद्दामा जलेश्वर –२ बस्ने शिवम चौधरीलाई अदालतले ११ वर्ष कैद र करिब १६ लाख जरिवाना ठहर गरेको छ। अभियुक्तले बालक पाण्डेलाई मोटरसाइकल चलाउने लोभ देखाएर जलेश्वर–१२ स्थित बस बिसौनीबाट अपहरण गरी लगेर उनका बुबा नवीनसँग ३० लाख भारतीय फिरौती मागेका थिए। बालकले आफू अपहरणमा परेको बुझिसकेर कराउन थालेपछि अभियुक्तले उनको नाकमुख थिची हत्या गरेका थिए।

२०७५ वैशाख ४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: