A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionb3if9g0kngcntr76599jhvoegar14snk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१५ प्रतिशत बालबालिका कुपोषित

धनुषाका १५ प्रतिशत बालबालिका कुपोषित रहेको एक सर्वेक्षणले देखाएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गरी सञ्चालित शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत गरिएको जाँचमा यस्तो फेला परेको हो । कार्यक्रमका साझेदार आसमान नेपालका मोहम्मद मुकाविल राइनका अनुसार हालसम्म जाँच गरिएका जिल्लाका ४३ हजार बालबालिकामध्ये १५ प्रतिशतमा कुपोषण देखिएको छ । ३ प्रतिशतमा कडा खाले र १२ प्रतिशतमा मध्यम खालको कुपोषण देखिएको उनले जनाए । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ६ देखि ५९ महिनासम्मका १ लाख २५ हजार ८ सय बालबालिका छन् । कुपोषित बालबालिकालाई लक्षित गरी जिल्लामा २१ स्वास्थ्य केन्द्र सञचालन गरिएको बहुक्षेत्रीय पोषण योजनाका कार्यक्रम संयोजक आनन्द लाभले जानकारी दिए । उनका अनुसार स्वास्थ्य परीक्षणमा आउने बालबालिकालाई कुपोषण हटाउन तयार पारिएको उपचारात्मक खाना आरयुटिएफ निस्शुल्क वितरण गरिन्छ । ‘यसका साथै सम्बन्धित बालबालिकाका अभिभावकलाई पोषिलो खानाबारे जानकारीसमेत गराइन्छ,’ उनले भने । युनिसेफ तथा रिपब्लिक फ्रान्सको सहयोगमा सञचालित बहुक्षेत्रीय पोषण योजनाअन्तर्गतको कार्यक्रमको स्थलगत अवलोकन गर्दै फ्रान्सका राजदूत एन्ड्री एभ्स र युनिसेफका नेपाल प्रतिनिधि टोमोस होजमी, युनिसेफका पोषण प्रमुख स्टेनली चितवेलगायतले सीमावर्ती मुखियापटी मुसरनिया गाउँपालिका पुगेका थिए । उनीहरू स्थानीयसित शीघ्र कुपोषित एकीकृत व्यवस्थापन कार्यक्रमको प्रभावकारिताबारे जानकारी लिएका थिए ।

२०७५  वैशाख २ गते १०:५९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: