समाचारमा बालबालिका

नवलपरासीमा सात वर्षीया बलात्कृत

गैंडाकोट नगरपालिका–२ बस्ने ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकामाथि बलात्कार गरेको अभियोगमा गैंडाकोट नगरपालिका–२ डेरा गरी बस्ने मकवानपुरको चैनपुर नगरपालिका–५ का २३ वर्षीय प्रकाश प्रजा पक्राउ परेका छन् । शनिबार पक्राउ परेका उनलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

२०७५ वैशाख २ गते प्रकाशित