A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

किशोरीलार्इ बन्धक बनाई सामूहिक बलात्कार

सिन्धुलीकी एक सुस्त मनस्थिति भएकी बालिकालाई बन्धक बनाई सामूहिक बलात्कार भएको पीडितका आफन्तले आरोप लगाएका छन् । जिल्लाको हरिहरपुरगढी गाउँपालिका ८ जमुने क्यानेश्वरकी १६ वर्षीया बालिकामाथि सर्लाही हरिऔन नगरपालिका १० नयाँरोडस्थित शिद्धबाबा होटलमा बन्धक बनाई सामूहिक बलात्कार गरिएको पीडितका बुबा थिरबहादुर थिङले बताए । हरिऔन नगरपालिका १० धरहरा भएका सिन्धुली क्यानेश्वर जमुने माइतीघर बस्दै आएकी माया लोप्चनले ती बालिकालाई भारत लगी राम्रो जागिर लगाइदिने लोभमा फकाइ वैशाख १७ गते सर्लाही पुर्‍याएपछि बालिकालाई आठ दिनसम्म होटलमा बन्धक बनाइ सामूहिक बलात्कार गरिएको छोरीको भनाइ उद्धृत गर्दै थिङले भने । मायाका पति कुमारले हरिऔन पुर्‍याइएकी बालिकालाई सोही ठाउँका ५० वर्षीय ज्ञानबहादुर थिङको साथमा भारत लैजान भनेपछि ज्ञानबहादुरले नजिकैको शिद्धबाबा होटलमा राखी ७ दिनसम्म आफू र अन्य युवाले दैनिक सामूहिक बलात्कार गरेका पीडितका बुबा थिङले बताए । नेपाली भाषासमेत बोल्न नजान्ने, सुस्त मनस्थिति भएकी र आफ्नो घरठेगानासमेत बताउन नसक्ने पीडित बालिकाकी आमा पञ्चमाया थिङ छोरी बलात्कृत भएपछि न्याय खोज्दै सदरमुकाम पुगेकी छन् । उनले रुँदै भनिन्, अबोध छोरीमाथि अन्याय भयो । सर्लाही हरिऔनस्थित इलाका प्रहरी कार्यालयमा उजुरी गर्न जाँदा त्यहाँका प्रहरी अधिकृतबाट उल्टै पीडितका बुवालाई थुनेर आफ्नो छोरी लैजान दबाब दिए’, उनले भनिन्, ‘अब हामी न्यायका लागि कहाँ जाने के गर्ने ? बलात्कारपछि बेहोस बालिकालाई ज्ञानबहादुर थिङले नै हरिऔन धरहरा नजिकै राति करिब ८ बजे अलपत्र अवस्थामा सडकमा छाडेर भागेका परिवारले आरोप लगाएका थिए । सडकमा घोप्टो परेर बसेकी बालिकालाई स्थानीय अर्थमान वाइवाले भेटेपछि इलाका प्रहरी कार्यालयको जिम्मा लगाएका थिए ।

छोरीको अवस्थाबारे बुझ्न र इलाका प्रहरीसमक्ष उजुरी गर्न हरिऔन पुगेका पीडितका बुबा थिरबहादुरलाई त्यहाँका प्रहरी अधिकृत रामकाजी थापाले उल्टै हिरासतमा राखी थुनेर छोरीबारे कुनै उजुरी नगर्न र माया लोप्चनलाई तत्काल प्रहरी नियन्त्रणबाट छोड्न दबाब दिएका थिए । माया लोप्चनले फकाई घरबाट लगेको छोरीबाट थाहा भएपछि प्रहरी चौकी क्यानेश्वरले २६ गते मायालाई पक्राउ गरी अनुसन्धानमा राखेको थियो । छोरीले जनाएअनुसार उजुरी गर्न इलाका प्रहरी कार्यालय हरिऔन पुगेका हरिहरपुरगढी गाउँपालिका ८ का वडाध्यक्ष सार्कीमान बम्जन, बुबा थिरबहादुर र अन्यलाई प्रहरीले उल्टै नियन्त्रण लिएको आरोप छ । यस विषयमा इलाका प्रहरी कार्यालयका अधिकृत थापाले भने आफूसँग कुनै उजुरी नभएको तर, आफ्नो इलाकामा मान्छे समाउन आएको भनेपछि गाली गरेर पठाइदिएको बताए । उता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसएसपी मसाउद आलमखानले घटनाबारे जानकारी नभएको बताए । उनले भने, ‘यस विषयमा मलाई जानकारी थिएन । बल्ल थाहा भयो, ‘यस विषयमा आजैबाट म अनुसन्धान थाल्छु । पीडित पक्षले भने सामूहिक बलात्कारपछि सुस्त बालिकाको स्वास्थ्यमा गम्भीर असर परेको र उनको स्वास्थ्योपचार र किटानी जाहेरीका लागि सिन्धुली आइपुगेको बताएका छन् । उनीहरूले शनिबारै बालिकाको स्वास्थ्य परीक्षण र जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दिने जनाएका छन् । घटनामा संलग्न माया, कुमार र ज्ञानबहादुरलाई प्रहरीचौकी क्यानेश्वरबाट खोजी कार्य भए पनि तीनै जना फरार छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रमुख विनोद शर्माले पीडित पक्षले उजुरी गरेको र अभियुक्तमाथि शरीर बन्धक बनाई जबरजस्ती सामूहिक बलात्कारसम्बन्धी ऐनअनुसार कारबाही गरिने बताए ।

२०७५ वैशाख ३० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: