A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionph031l7c51es3evfb7acf6mgmoq53pdc): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रोकिएन विद्यार्थीको ठेउला

डेढ महिनादेखि फैलिएको चिकनपक्स (ठेउला) को संक्रमण अझै पनि नरोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालको अनुसार चैतको दोस्रो सातादेखि नै बालबालिका तथा किशोर–किशोरी उमेर समूहमा यो रोग फैलिन सुरु भएको थियो। स्कुल तथा कलेजको १२ कक्षाभित्र पढ्ने उमेर समूहकालाई ठेउलाको संक्रमण फैलिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अनुसन्धान विभागका संयोजक डा। शेरबहादुर पुनले बताए। उनका अनुसार ठेउला संक्रमणको कारण स्कुलरकलेजका विद्यार्थी सामूहिक रुपमै बिरामी पर्न थालेका छन्। समुदायमा भने ठेउलाका बिरामी फैलिरहेको पाइएको डा. पुनले बताए। ‘अस्पतालदेखि बाहेकका निजी क्लिनिकमा पनि ठेउलाकै बिरामी आइरहेका छन्,’ उनले भने। गर्मी मौसम सुरु भएदेखि नै ठेउलाका बिरामी उपचारका लागि आउने गरेको त्रिवी शिक्षण अस्पतालका चर्मरोग विशेषज्ञ डा. द्वारिक श्रेष्ठले बताए। ‘यो विभागमा चिकनपक्सका बिरामीहरु फाट्टफुट्ट आइरहेका छन्,’ डा.श्रेष्ठले भने। सानैमा ठेउलाविरुद्ध खोप नपाएकाहरुमा यसको संक्रमण हुने गरको र नेपाल सरकारको खोप कार्यक्रममा पनि यो खोप समावेश नगरिएका कारण वर्षेनी ठेउलाको संक्रमण भइरहने गरेको सरुवा रोग अस्पतालका उनले बताए ।

समुदाय तथा निजी क्लिनिकमा पनि ठेउलाका बिरामीको चाप बढिरहेकाले यो रोग सबै समुदायभरि फैलिरहेको हुनसक्ने चिकित्सकले बताए। ‘एक महिनाअघि पुतलीसडकस्थिति एक कलेजका धेरै विद्यार्थीमा ठेउलाको संक्रमण भएको थियो,’ डा.पुनले भने। सानैमा ठेउलाविरुद्ध खोप नपाएकाहरुमा यसको संक्रमण हुने गरको र नेपाल सरकारको खोप कार्यक्रममा पनि यो खोप समावेश नगरिएका कारण वर्षेनी ठेउलाको संक्रमण भइरहने गरेको सरुवा रोग अस्पतालका उनले बताए। चिकित्सकका अनुसार ठेउलाको समयमै उपचार नगरिएमा कान, फोक्सो र स्नायुमा असर पु(याउने भएकाले समयमै उपचार गर्नुपर्छ। यसको लागि एन्टिभाइरल औषधि नियमित एक हप्तासम्म सेवन गरेमा निको हुन्छ। औषधिको साथै आरम गर्ने, प्रशस्त झोल तथा नरम खानेकुरा खानाले एक साताभित्र कम हुँदै जान्छ। समयमै उपचार नगरेमा यसको अन्य जटिलता बढेर बिरामीमा प्रतिरक्षा शक्ति कमजोर हुन्छ। यो रोग तीव्र रुपमा फैलिने भएकाले ठेउला संक्रमण भएको थाहा पाउनेबित्तिकै स्कुल–कलेज नजाने, घरमा धरैसँग घुलमिल नगर्ने चिकित्सकको सुझाव छ। रोगीले अरुसँग घुलमिल गर्दा रोगको संक्रमण तीव्र हुने हुनाले सम्बन्धित स्कुलका शिक्षकले केही दिन विद्यालयमा आउन रोक्नुपर्ने डा. पुनले सुझाए। चिकित्सकका अनुसार ज्वरो आउनु, शरीरमा साना राता विमिरा, पानी फोका बन्दै गएर पाप्रा बस्नु र चिलाउनु ठेउलाको लक्षण हो। यो रोगका संक्रमित व्यक्तिले खोक्दा निस्केको पानी या हावाको माध्यमबाट सर्छ। रोग लागेपछि तीव्र रुपमा सर्ने भएकाले संक्रमितबाट टाढा रहनु र संक्रमित आफैंले अरुलाई जोगाउनु बच्ने उपाय हुन्।

२०७५ जेठ १ गते ९:०१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: