A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session4hm8pst171d9n2dijmrascalnari3864): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालय बन्द गरेर जन्तीलाई बास

सिरहाको गोलबजार नगरपालिका–८, चोहर्वा भाइजीटोलमा रहेको जनता आधारभूत विद्यालयमा पढाइ नै प्रभावित हुने गरी जन्ती राखेकोे छ । लालमोहन मण्डलको छोरीको विवाहमा लहनबाट आएका जन्ती (बरियाँती) लाई विद्यालयमा बासको व्यवस्था मिलाएको हो । गाउँमा छोरीको विवाहमा जन्ती आउने भएपछि यही विद्यालयमा बरियाँती राख्ने र खानपान गराउने गरेको स्थानीयबासीले बताएका छन् । आइतबार बेलुका आएका जन्ती विद्यालयमा बसेपछि सोमबार विद्यालयको पढाई प्रभावित भएको छ ।  कक्षा ८ सम्म पठन पाठन हुने यस विद्यालयमा २ सय ४० जना विद्यार्थी अध्ययन गरिरहेको प्रधानाध्यापक रामदेव मण्डलले बताउनुभयो । विद्यालयमा जन्ती रहेका कारण सोमबार पढाई नै नभएको एक स्थानीयबासीले बताउनुभयो ।  गाउँको बीचमा रहेको विद्यालयमा विवाहको जन्ती राख्ने, भोज खुवाउने जस्ता कार्यले पढाई प्रभावित हुनुका साथै विद्यालयमा फोहर समेत हुने गरेको स्थानीय राधेश्याम यादवले बताउनुभयो । गाउँमा हुने सबै विवाहका जन्ती यही विद्यालयमा राख्दा विद्यार्थीको पढाई प्रभावित हुने गरेको छ । प्रधानाध्यापक मण्डलले विद्यालयमा जन्ती राख्ने, जन्तीलाई खाना खुवाउने जस्ता कार्य रोक्ने आफूले प्रयास गरे पनि असफल भएको बताउनुभयो । ‘मैले पटक–पटक गाउँलेहरुलाई राखेर विद्यार्थीको पढाई प्रभावित हुने गरी जन्ती नराखौं भन्दा गाउँलेले मलाई नै झण्डैले कुटे’, मण्डलले भन्नुभयो, ‘त्यसपछि मैले व्यवस्थापन समितिको निर्णयमा विद्यालयमा जन्ती राख्ने अनुमति दिन थालेको छु । यता, गोलबजार नगरपालिकाका शिक्षा समितिका संयोजक तथा ८ नम्बर वडाका अध्यक्ष नागेन्द्रकुमार सिंहले विद्यालयको पठन–पाठन नै रोकेर जन्ती राख्नु अनुचित भएको भन्दै तुरुन्त अनुगन गर्ने बताउनुभयो । विद्यालय बन्द गरेर जन्ती राखेको भए प्रअलाई आइन्दा यस्तो नगर्न चेनावनी दिने जनाउनुभयो । 

२०७५ वैशाख ३१ गते ५:१८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: