A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionakni6uf6sos60lndt1o7c4ken3umfcqi): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जाजरकोटको एक विद्यालय, जहाँ पोशाक आफै किनेर विद्यार्थी पढाइन्छ

यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१० डोल्पा स्थित कान्जिरोवा आधारभूत विद्यालयका विद्यार्थीहरुको पोशाक नभएर विद्यालय नआउने समस्या हल भएकोछ। विद्यालयका शिक्षकहरु आफैले रकम उठाएर गरीब विद्यार्थीहरुका लागि पोशाक किनेर उपलव्ध गराउँदा यहाँका गरीब वालवालिका विद्यालयमा रमाइ–रमाइ आउन थालेका छन्। कापी कलम किन्न नसक्ने विद्यार्थीहरुका लागि शिक्षकले कापी कलम किनेर दिने गरेको अभिभाभक रामवहादुर धरलाले बताए। कोही विद्यार्थी पनि पोशाक र कापी कलमकै लागि विद्यालय आउनबाट बन्चित नहोस् भन्ने आफूहरूको चाहाना भएको प्रधानाध्यापक विष्णुप्रसाद खत्रीले बताए। अहिले तीन सय भन्दा बढी विद्यार्थी यस विद्यालयमा अध्यानरत छन्। शनिबार समेत यो विद्यालयमा पढाई हुने गरेको छ। डोल्पाको उत्कृष्ट विद्यालय बनाउने अभियानमा लागेको प्रअ खत्रीले बताए। यही विद्यालयमा मा पूर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडी दुई जुमल्याहा रेजिना धरला र जमुना धराला सहित ओमबहादुर शाहीको भर्ना गरि अभिभावक बनेकी छिन्। ७ वर्षीय धरालाद्वय र ओम शाहीलाई कक्षा एक मा भर्ना गरिएको छ। बुधचन्द्र धरलाका दुई छोरीहरु र अर्का ओमवहादुर शाही अव पूर्व शान्ति मन्त्री सत्य पहाडीको हेरदेख र खर्चमा यो विद्यालयमा पढ्ने छन्। मध्य डोल्पामा पर्ने यो क्षेत्रमा रहेको विद्यालयमा अंग्रेजी माध्यमवाट पढाई हुने विद्यालय हो । यी बालिकाको भर्ना संगै अभिभावक खुसी भएका छन् । निम्न आर्थिक अवस्था रहेका धरलाको छोरीहरु विद्यालयमा भर्ना संगै अव नियमित विद्यालय आउँने वावा बुधचन्द्र धरलाले जानकारी दिए।

२०७५ वैशाख १९ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: