A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8fgeora7r2ac2k58190ruagoqq8e87ho): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सामूहिक बलत्कार गर्नेलाई १३ वर्ष कैद सजाय

१२ वर्षीय बालिकालाई सामूहिक करणी गरेको आरोप पक्राउ परेका कावासोतीका तीन युवालाई नवलपुर जिल्ला अदालतले १३ वर्षको कैद फैसला गरेको छ । कावासोती नगरपालिका वडा नम्बर १३ मा दुई वर्षअघि १२ वर्षीय बालिकालाई सामूहिक करणी गरेको आरोपमा पक्राउ परेका तीन जना युवालाई अदालतले १३ वर्ष कैद र १–१ लाख रुपैयाँ क्षतिपूर्ति असुल गर्ने गरी फैसला सुनाएको हो । कावासाती निवासी कृष्ण महत्तो, विनोद गुरुङ र केशव थापालाई दोषि ठहर गर्दै  नवलपुर जिल्ला अदालतका जिल्ला न्यायधिस विदुर कोइरालाको इजलासले यस्तो फैसला गरेको हो । विस २०७२ साल चैत्र १८ गते १२ वर्षीय बालिका सामूहिक करणीमा परेकी थिइन । करणी पश्चात फरार रहेका तीनै जनालाई राजनीतिक दवावका कारण प्रहरी पक्राउ नगरेको भन्दै विभिन्न महिला अधिकारवादीहरुले लगातार १४ दिन राजमार्ग बन्द, प्रशासन कार्यालय बन्द तथा धर्ना लगाएका विभिन्न कार्यक्रम गरेपछि तीनैजनालाई विस २०७३ वैशाख ३ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेपश्चात हिरासतमा राखेर जिल्ला अदालतमा सामूहिक करणीको मुद्धा दायर गरिएको थियो । अदालतले २ वर्षमा पीडितको पक्षमा फैसला सुनाएको हो ।

पीडित बालिकालाई पुर्नस्थापनाका लागि समस्या
५ कक्षा पास  गरेकी बालिका सामूहिक करणीमा परेपछि अहिले उनी स्कुल समेत जान छाडेकी छन् । पीडित बालिकाकी आमाका अनुसार स्कुल जान मन गरे पनि पीडक पक्षका आफन्तहरुले हिँडडुल गर्दा पनि नराम्रो व्यवहार गर्ने गरेका कारण बालिका स्कुल जान नमानेकी हुन् । ‘स्कुल जाने बाटोमा करणी गर्नेको घर पर्छ, आफन्तहरुले बालिकाकै गल्ति भन्दै दोष दिनै के– के भन्छन, त्यसैले छोरी पढन जान मन गर्दिनँ’, पीडित बालिकाकी आमाले भन्नुभयो । समाजमा पनि पीडकलाई भन्दा पीडित बालिकालाई दोष दिने प्रवृतिले गर्दा समस्या हुँदो रहेछ बालिकाकी आमाले भन्नुभयो, ‘छोरी अहिले पनि बेला बेलामा रुने, एकोहोरो हुने गर्छे । निम्न आर्थिक अवस्था भएको पीडित परीवारले छोरीलाई पुर्नस्थापनाका लागि विभिन्न संघ सस्थासंघ आग्रह समेत गरेको छ । ‘तीन चार महिनाका लागि हामी हेर्छौ भन्ने त आएका छन् , छोरी ५ पास भएकी छ, तीन चार महिनापछि पनि फेरि यही स्कुल जान गाह्रो छ, यहाँको स्कुलमा जान सकिरहेकी छैन, के गर्ने आफैलाई थाहा छैन’, बालिकाकी आमाले भन्नुभयो ‘पुर्नस्थापनाका लागि कसैले सहयोग गरीदिए हुने थियो ।

२०७५ जेठ १ गते ५:३३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: