A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रेमीले गरे गर्भवती प्रेमिकाको हत्या

अछाममा एक प्रेमीले गर्भवती प्रेमिकाको हत्या गरेका छन्। जिल्लाको पञ्चदेवल नगरपालिका– ९ भानाकोटका तिलक बटालाले प्रेमिका १६ वर्षीया उर्मिला टमट्टाको हत्या गरेका हुन्। लामो समयदेखि यौनसम्बन्ध राख्दै आएका तिलकले उर्मिलालाई गर्भपतन गर्न दबाब दिएका थिए। उर्मिलाले गर्भपतन गर्न मानेकी थिइनन्। बिहे गर्ने भन्दै यही वैशाख १५ गते साँझ तिलकले उर्मिलालाई भगाएका थिए। उनले घर नजिकैको जंगलमा रहेको गोठमा लगी मंगलबार बिहान हत्या गरेको प्रहरीले जनाएको छ। तिलकले हत्यापछि शव गोठमा लुकाएर राखेका थिए। पछि भिरबाट लडेको भन्दै परिवारलाई शव देखाएको उर्मिलाका दाजु नवराज टमट्टाले जानकारी दिए। अछामको चिल्तडामा रहेको प्रहरी चौकीले उर्मिलाको शव बरामद गरी तिलकलाई म‌ंगलबार नै पक्राउ गरेको छ। शव पोष्टमार्टमका लागि अछामको सदरमुकाम मंगलसेन लगिएको छ। उर्मिलाले कालीकोटको नन्दादेवी उच्च मावि कोटवाडामा भर्खरै एसईई दिएकी थिइन्।

२०७५ वैशाख १९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: