A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मन्त्रीसँग किशोरीको याचना : रजश्वला हुँदा घरमै बस्न पाऊँ

‘अब त अति भो ! महिनावारीका सबै सीमा तोडौं’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक मनाइएको ‘राष्ट्रिय मर्यादित महिनावारी दिवस’मा विशिष्ट अतिथि चार मन्त्री सामु दैलेखकी किशोरी विमला कार्कीले छाउगोठमा रात बिताउनु पर्दाको वेदना पोखिन् । चार वर्षयता महिनावारी भएका बेला एकान्त गोठमा बस्दै आएकी १६ वर्षीया कार्कीले निवेदन गरिन्, ‘सात दिनसम्म छाउगोठमै बस्नुपर्दा सर्पले डस्छ कि, बाहिरका व्यक्ति आएर केही गर्ने हुन् कि भन्ने डर लागिरहन्छ । युनिसेफले दुई वर्षअघि १५ हजार महिलामा गरेको अध्ययनमा नेपालमा ७१ प्रतिशत महिला तथा किशोरी महिनावारीको समयमा घरबाहिर बस्ने गरेको पाइएको छ । स्कुल गएका बेला महिनावारी भयो भने पढाइ बीचैमा छाडेर घर फर्कनुपर्ने बाध्यता छ । उनले सुनाइन,‘स्कुलमा कुनै सुविधा छैन । घर नफर्की सुखै छैन । विद्यालय छाड्ने मुख्य कारणमा दुखाइ, रगत चुहिने र कपडामा रगतको दाग देखिने डर पाइएको छ । महिनावारी भएको बेला पनि जोखिम काम गर्नुपर्ने भएकोले पाठेघर खस्ने चिन्ता भएको कार्कीले बताइन् ।सभामुख कृष्णबहादुर महरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महिला बालबालिकामन्त्री थममाया थापा, खानेपानी तथा सरसफाइमन्त्री बिना मगर र स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री पद्मा अर्याल दैलेखकी कार्कीको वेदनाले द्रवित देखिन्थे । सोही समयमा उनले महिनावारी भएको बेला ‘घरभित्र बस्न पाऊँ’ भन्दै निवेदन गरिन् । सुदूर तथा मध्यपश्चिमका केही जिल्लामा महिनावारीका बेला घरदेखि टाढा रहेको छाउगोठमा बस्न बाध्य तुल्याइन्छ ।

त्यो अवस्था काठमाडौंलगायतका सहरी क्षेत्रका महिलाले भोग्न नपरे पनि छोइछिटो गर्ने चलन भएकोमा मन्त्रीहरूले समेत चिन्ता व्यक्त गरे । तीन दशकदेखि स्वयंसेविकामा क्रियाशील राधा पौडेलले यो अवधि अत्यासलाग्दो र चुनौतिपूर्ण भएको बताइन् । उनले भनिन, ‘महिनावारीका बेला आमा र दिदीहरूले दुध, दही, घ्यू, मासु नखाएको देख्दा विद्रोह जागेको थियो । छोरी भएर जन्मँदाको पीडाबोधबाट मुक्ति पाउन विकल्पका रूपमा आत्महत्या देखेकी थिएँ । जिउँदै भएपनि पलपल मरिरहेको महसुस गर्थें ।’सभामुख महराले महिनावारीका बेला गरिने विभेद, कुरीति र अन्धविश्वासविरुद्ध जागरण फैलाउन आवश्यक भएको बताए । उनले राजनीतिक रूपमा आबद्ध महिला संगठन, गैरसरकारी संघसंस्था एवं महिला इकाइको अगुवाइमा अभियान सञ्चालन गर्न जोड दिँदै पुरुषलाई साथ दिन आग्रह गरे ।शिक्षामन्त्री पोखरेलले विद्यालयहरू छात्रामैत्री हुनुपर्ने खाँचो रहेको उल्लेख गर्दै विभेदविरुद्ध उभ्याउन पाठ्यक्रममा समेत समयसापेक्ष परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गरे । खानेपानीमन्त्री मगरले सुदुरपश्चिममा बाहिर छाउगोठ भएको र सहरी क्षेत्रमा व्यक्तिको मनभित्र छाउगोठ भएको टिप्पणी गरिन् । महिला, बालबालिकामन्त्री थापाले सामन्ती संस्कारको सोचबाट कतिपय महिला नै ग्रस्त भएकोमा चिन्ता व्यक्त गरिन् । स्वास्थ्य राज्यमन्त्री अर्यालले भने प्राकृतिक पक्षसँग जोडिएको भए पनि महिनावारी भएको बेला सिर्जित समस्या तोड्नुपर्ने आवश्यकता औंल्याइन् । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज बिसीले महिनावारी हुँदा सामान्यतया पाँच दिनसम्म रक्त श्राव हुने भएकोले अंग्रेजी क्यालेन्डरअनुसार मे महिनामा दिवस मनाउन थालिएको बताए । २८ दिनको महिनावारी साइकल हुने भएकोले मे २८ लाई दिवस छानिएको हो । गत वर्षसम्म विश्वभरिका ५६ राष्ट्रले यो दिवस मनाउँदै आएका थिए ।

२०७५ जेठ १५ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: