A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionn9v3ltm5po967jug74g44h3kpard99th): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्कुलमा एक भारी दाउरा बुझाएपछि वर्षभरी खाजा

विद्यालयमा दाउरा लानुपर्ने त होइन।विद्यालयले दाउरा किन्ने पनि होइन।तर,  एक भारी दाउरा अनिवार्य विद्यालयमा लानुपर्ने नियम बनाइएपछि दाउराका  भारी स्कुल पुर्‍याउनु परेको हो। विद्यालयले विद्दार्थीलाई खाजा खुवाउने व्यवस्था गरेपछि प्रत्येक अभिभावकले एक भारी दाउरा पुर्‍याउनुपर्ने नियम बनाएको थाक्रे गाउँपालिका वडा नं ५ की निरमायाँ तामाङले बताइन्। एक भारी दाउरा विद्यालयमा पुर्‍याएपछि खुशी हुँदै उनले भनिन्, छोराका लागि यति गरेपछि वर्षभरी खाजा खान पाउँछ । उनका छोरा कक्षा ५ मा भर्ना भएका छन्। उक्त वडामा रहेको शिवशंकर आधारभूत विद्यालयमा खाजा कार्यक्रम सञ्चालित छ। १०१ विद्यार्थी भर्ना भएको विद्यालयमा हरेक अभिभावकले वर्षमा एकपटक एक भारी दाउरा लैजानुपर्छ। सन्तुलित भोजनअनुसार चना, फूल, चिउरा, फलफूल, गेडागुडी, मासु चिउराजस्ता खाजा सबै विद्यार्थीलाई खुवाउने व्यवस्था छ। विद्यालयको खाजा कार्यक्रमपछि यसतर्फ विद्यार्थीको समेत आकर्षण बढेको विद्यालयका शिक्षक मुना लामाले बताइन्। सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पनि निजी विद्यालयसँग प्रतिष्पर्धा गर्दै निम्न आय भएकाका छोराछोरी पढाउन लागिपरेको विद्यालय प्रशासनको भनाइ थियो। विद्यालयले शुल्क लिँदैन। भर्ना गर्दा, परीक्षा लिँदा वा महिनामा कुनै पनि बहानामा विद्यार्थीसँग पैसा नलिने तर अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्ने गरेको शिक्षक लामाले बताउनुभयो।

२०७५ जेठ १३ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: