समाचारमा बालबालिका

नयाँबजार नजिकै बिष्णुमती नदीमा नाबालकको शव भेट्टियो

बिष्णुमती नदीमा एक नाबालकको शव बेबारिसे अवस्थामा फेला परेको छ । नयाँबजारस्थित चौमती पुल नजिकै नदीको किनारामा नाबालकको शव बेवारिसे अवस्थामा फेला परेको हो । केही दिनअघि मात्र बच्चा पाएर फालेको हुनसक्ने स्थानीयले जनाएका छन् । स्थानीयले देख्नासाथ प्रहरीलाई जानकारी गराइएको छ ।घटनास्थलमा महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोली पुगेको छ । बेवारिसे अवस्थामा भेटिएको नाबालकको शवबारे प्रहरीले अनुसन्धान थालेको छ । 

२०७५ जेठ १२ गते प्रकाशित