समाचारमा बालबालिका

बालिका गर्भवती बनाएको आरोपमा ४ पक्राउ

सूर्योदय नगरपालिकाकी १५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले ४ युवालाई पक्रेको छ। सूर्योदय नगरपालिका ९ का १९ वर्षे अनुप राई, २५ वर्षे अमित राई, २५ वर्षे रूपेन राई र वडा–३ का १८ वर्षे सन्देश राई पक्राउ परेका हुन। उनीहरूविरुद्ध जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ। डिएसपी रमेश बस्नेतले पीडित बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको चिकित्सकको रिपोर्ट रहेको बताए। पीडित बालिकाकी आमाले बालिका छोरीको गर्भमा बच्चा रहेको थाहा पाएपछि गत सोमबार १४ जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएकी थिइन। छारे रोगले बिरामी बालिकालाई उपचारका लागि जाँच गराउँदा बालिका गर्भवती रहेको खुलेको थियो। 

२०७५ जेठ १६ गते ९:०४ मा प्रकाशित