समाचारमा बालबालिका

माटोको ढिस्कोले पुरेर एकको मृत्यु

सिरहाको नवराजपुर गाउँपालिका-१ तमासुईयास्थित सुखा पोखरीमा माटो निकाल्ने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँका १४ वर्षीय अबरुल हक रहेको प्रहरीले बताएको छ। घरको कामकाजका लागि पोखरीमा माटो खन्ने क्रममा हकलाई माटोको ढिस्कोले च्यापिएर घाइते भएपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।

२०७५ जेठ १४ गते प्रकाशित