A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छात्रालाई यातना, प्रशासनले छानबिन थाल्यो

स्थानीय प्रशासनले ‘छात्रा यातना’ घटनाको छानबिन गर्ने भएको छ । प्रशासकीय अधिकृत डिल्लीराज आचार्य नेतृत्वमा शिक्षा अधिकारी, महिला विकास अधिकृत र कानुन व्यवसायी सम्मिलित छानबिन समिति गठन भएको छ । १३ वर्षीया छात्रा स्वस्तिका कार्कीलाई शिक्षकले यातना दिएको घटना सार्वजनिक भएपछि छानबिनका लागि प्रशासनले यस्तो समिति गठन गरेको हो । टोलीले सोमबार विद्यालय प्रशासन, विद्यार्थी र पीडित परिवारसँग घटनाबारे जानकारी लिएको छ । शिक्षा अधिकारी नीलकण्ठ रेग्मीले यातना पाएको भनिएकी छात्रा मुटुरोगी भएको बताए । ‘कम्प्युटर शिक्षक सुदर्शन सिग्देलले सोधेको प्रश्नको सही जवाफ नदिँदा उठबस गराएकाले बेहोस भएको देखिन्छ,’ उनले भने, ‘लेखापालसमेत रहेका शिक्षक सिग्देलले कुटपिट गरेको कतैबाट पुष्टि भएको छैन ।’ मधुवन–९, धर्मबस्तीस्थित धर्मज्योति माध्यमिक विद्यालयमा भएको उक्त घटनाको जानकारी लिई छानबिन टोली सोमबार नै गुलरिया फर्केको छ । छात्राको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आईसीयूमा राखिएकामा सोमबार चिकित्सकको सल्लाहमा वार्डमा सारिएको छात्रा कार्कीकी सानीआमा मीना भण्डारीले बताइन् । ‘अहिले अक्सिजन दिएर राखिएको छ,’ उनले भनिन्, ‘नेपालगन्जमा सिटीस्क्यान गराउँदा मस्तिष्कमा ब्लड जमेको देखियो । चिकित्सकले फेरि यहाँ सिटीस्क्यान गर्न भनेका छन् ।’ विद्यालय शिक्षकले विद्यार्थी उपचारार्थ आईसीयूमा भर्ना हुँदा पनि कुनै चासो नदिएको पीडित परिवारको गुनासो छ । सामूहिक रूपमा झन्डै १० विद्यार्थीलाई उठबस गराउँदै पिटेको आरोप ती शिक्षकमाथि लागेको छ । शिक्षक सिग्देलले पनि छात्रालाई १५ पटक उठबस गराएको स्वीकारे । उनले भने, ‘कुनै पनि विद्यार्थीमाथि कुटपिट गरेको छैन ।’ अनुगमन टोलीले कुटपिट गरेको नदेखिए पनि विद्यार्थीलाई उठबस गराउनु एक किसिमको सजाय भएको निष्कर्ष निकालेको छ । छात्राका आफन्तले शिक्षक सिग्देलविरुद्ध विद्यालय प्रशासन र समितिमा कारबाहीका लागि उजुरी दिएका छन् । घटनापछि विद्यालयमा तनाव बढ्दै गएको छ । शिक्षा विकास तथा समन्वय एकाइ मधुवनमा भने घटनाबारे लिखित उजुरी परेको छैन । विद्यालय निरीक्षक पुण्यप्रसाद न्यौपानेले मौखिक जानकारी पाएकाले सोधपुछ गरेको बताए । छानबिन भइरहेको समन्वय एकाइको भनाइ छ । आर्थिक अवस्था कमजोर रहेकी छात्रा कार्कीको उपचार गराइदिन अभिभावकले माग गरेका थिए । व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरूको बैठकले एक लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराइसकेको प्रधानाध्यापक मोहनसिंह थापाले बताए ।

 २०७५ जेठ १५ गते ७:४१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: