A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionj0qcl8n6t607rdge2rqf05b1dsciun96): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एकै कोठामा पढ्छन् १०१ विद्यार्थी

साँघुरो सानो कोठा। न डेस्क, न बेन्च। त्यही कोठामा १०१ जना विद्यार्थी कोचाकोच गरेर बसिरहेका छन्। किताब, कापी र झोला राख्ने ठाउँसमेत छैन, तैपनि विद्यार्थी त्यस्तै कोठामा बसेर अध्यापन गर्न विवश छन् । कक्षाकोठा अभावमा सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ८ को दृश्य हो यो। शैक्षिक सत्रको सुरुसँगै यहाँ एक सय एक जना विद्यार्थी एउटै कोठामा बसेर पढिरहेका छन् । केही दिनयता गर्मी निकै बढेको छ। टिनको छाना भएको कक्षाकोठामा कोचिएर बस्नुपर्दा विद्यार्थी हैरान भएका छन्। ‘कक्षाकोठा साँघुरो छ। डेस्क–बेन्च छैनन्। भुइँमै बस्नुपर्छ’,कक्षा ८ मा अध्ययनरत सोनाम आचार्यले भने,‘धेरै विद्यार्थी हुँदा हल्ला पनि निकै हुन्छ। सरहरूले पढाएको बुझ्न गाह्रो हुन्छ। उनी मात्र होइन सोही कक्षाकी करिना रोकायलाई पनि धेरै विद्यार्थी हुँदा पढाइमा निकै असहज महसुस भइरहेको छ। ‘गर्मी उत्तिकै हुन्छ, हल्ला पनि धेरै हुन्छ’, उनले भनिन्, ‘बेन्च–डेस्क नहुँदा लेख्न–पढ्न निकै गाह्रो भइरहेको छ।

शिक्षा नियमावलीअनुसार प्रतिकक्षा ४० देखि ५० जना सम्मको एउटा सेक्सन हुनुपर्ने प्रावधान छ। तर, यो विद्यालयमा दोब्बरभन्दा बढी विद्यार्थीलाई एउटै कोठामा राखेर अध्यापन गर्दा विद्यार्थीलाई पठनपाठनमा समस्या परिरहेको छ। शिक्षण प्रभावकारी हुन सकेको छैन। शिक्षक श्रीकुमार शर्मा भन्छन्, ‘विद्यार्थी धेरै हुँदा कक्षाकार्य गराउन, होमवर्क जाँच गर्न र अन्य प्रयोगात्मक क्रियाकलाप गर्न निकै गाह्रो भइरहेको छ । विद्यालयले शैक्षिक सत्रको सुरुमै कक्षा ८ मा दुईवटा सेक्सन बनाएको थियो तर कक्षाकोठा नभएपछि दुवै समूहलाई एउटै कोठामा राखेर पढाउने गरिएको विद्यालय प्रशासनले जनाएको छ। तत्कालीन शिक्षा कार्यालयले दिएको चारकोठे पक्की भवन निर्माणका लागि विद्यालयमा रहेको ५ कोठे ढुंगाको छाना भएको भवन भत्काएपछि कक्षाकोठाको समस्या भएको हो। भएको भवन भत्काए पनि पक्की भवन निर्माण सुरसार भएको छैन। सहायक प्रधानाध्यापक सत्यनारायण मण्डलका अनुसार हाल विद्यालयमा ९ वटा कक्षाकोठा छन्। ती कोठामा १० कक्षाका दुई, ९ कक्षाका तीन, ८ कक्षाका एक, ७ कक्षाका एक र ६ कक्षाका दुई कक्षा सञ्चालन भइरहेका छन्। कक्षा ९ मा दुई सय बढी विद्यार्थी छन्। ९ कक्षाका चार वटा सेक्सन बनाइएको थियो तर कक्षाकोठा नपुग्दा तीन वटा सेक्सनमा झारिएको छ। कक्षा ९ लगायत कक्षामा पनि प्रतिसेक्सन ७० विद्यार्थी छन्। विद्यालयमा ६–१० कक्षामा गरी ६ सय बढी विद्यार्थी छन्। कक्षाकोठा अभावमा केही समयका लागि सयभन्दा बढी एउटै कक्षामा राखेर पढाउनुपरेको भए पनि भवन बन्नेबित्तिकै सेक्सन बाँडेर पढ्ने व्यवस्था मिलाइने प्रधानाध्यापक हेरम्बबहादुर शाहले बताए। विद्यार्थीको चाप धेरै भएको तर विद्यालयको भौतिक पूर्वाधार र आवश्यक दरबन्दी नहुँदा समस्या भएको छ। दरबन्दी नहुँदा चार जना शिक्षक निजी स्रोतमा राखेर पठनपाठन गराइरहेका छांै’, उनले भने, कक्षाकोठा अभावमा धेरै विद्यार्थी एउटै कक्षामा राखेर पढाउनुपरेको हो।

२०७५ जेठ १२ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: