समाचारमा बालबालिका

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सर्लाहीको चक्रघट्टा गाउँपालिका निवासी दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। चक्रघट्टा गापा– ६ गोइयाही स्थित पोखरीमा डुबेर स्थानीय ठगा रामकी ९ वर्षीया छोरी प्रिती कुमारी  र हरिनारायण रामकी १० वर्षीया छोरी जशोधा कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सोमबार बिहान विद्यालयबाट फर्किए देखिनै बेपत्ता भएका उनीहरुको शव राती ११ बजेतिर छिमेकी श्याम चन्द्र राय र उपेन्द्र रायको पोखरीमा फेला परेको हो। गर्मी छल्न पौडी खेल्दा बालिकाहरु पोखरीमा डुबेको हुन सक्ने स्थानीय बासिन्दाले आशंका गरेका छन्। मृतक दुवैको शव मंगलवार बिहान जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमगरी आफन्तलाई बुझाइएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

२०७५ जेठ १५ गते १०: ३२ मा प्रकाशित