समाचारमा बालबालिका

मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध

विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ । सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २१ जना किशोरी अवस्थाका छात्रामा मास हिस्टेरिया देखिएपछि आज विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । विशेष गरी छात्राले टाउको दुख्यो भन्ने, रुने कराउने र चक्कर लागेर ढल्ने समस्या देखियो” विद्यालयका प्रधानाध्यापक खगेन्द्र ढुंगानाले भने,यस्तो समस्या देखिएपछि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट आएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । आइतबार पनि दुई/तीन जना विद्यार्थीमा यस प्रकारको लक्षण देखिएको विद्यालयले जनाएको छ । यो यौवनावस्थामा प्रवेश गर्न लागेका विशेष गरी किशोर किशोरीमा देखा पर्ने एक प्रकारको मनोवैज्ञानिक समस्या हो”,वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव देवेन्द्रप्रसाद भट्टराईले भने । उनले भने, “एउटालाई भएपछि डर, त्रासबाट एकपछि अर्कोमा देखा पर्दै जाने मास हिस्टेरिया फेरि पनि देखिन सक्ने भएकाले विद्यालयका शिक्षक तथा विद्यार्थीलाई परामर्श दिएका छौँ । आज पनि विद्यालयमा मास हिस्टेरियासम्बन्धी समस्या नदेखियोस् भन्नका लागि एकदिन विद्यालय बन्द गरिएको प्रधानाध्यापक ढुंगानाले बताए ।  

२०७५ जेठ १५ गते प्रकाशित