A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ओखलढुंगाको एकै गाउँमा ४७ बालविवाह

ओखलढुंगाको चम्पादेवी गाउँपालिका-१ र २ मा ४७ प्रतिशत २० वर्ष मुनिका बालबालिकाको बालविवाह हुने गरेको छ। सावक पलापु गाविसको मगर समुदायमा उमेरै नपुगी बालबालिकाको विवाह हुने गरेको तथ्यांक छ। बालविवाह न्यूनिकरणका लागि अभियान चलाइरहेका दुई संस्थाले गरेको अध्ययनको प्रतिवेदनमा पलापुको बालविवाह जिल्लाकै उच्च दरमा रहेको पाइएको छ। संस्थागत विकास केन्द र सहास नेपालले गरेको अध्ययनअनुसार पलापुमा हुने विवाहमध्ये ४७ प्रतिशतले बालविवाह गर्ने गरेका छन्।  दुई वर्ष २०७२ देखि २०७५ सालको वैशाख महिनासम्म गरिएको अध्ययनमा यस्तो तथ्यांक फेला परेको हो। दुई वर्षमा पलापुमा ७३ जोडीको विवाह भएकोमा ४७ प्रतिशत अर्थात् ३४ जोडीले २० वर्षभन्दा कम उमेरमा विवाह गरेको भेटिएको सहास नेपालका सामाजिक परिचालक गंगा फुयाँलले बताए। उनका अनुसार पलापुका १ सय ३८ घरमा गरिएको  आधारभुत तथ्याङ्क सङ्कलनले यस्तो देखाएको हो। गाउँभरिनै अध्ययन गर्ने हो भने यो प्रतिशत बढेर बाल विवाह गर्नेको संख्या बढी हुनसक्ने उनको भनाइ छ। पलापुमा बालविवाह वर्षेनी बढ्दै गएको छ। संस्कारगत हिसाबले मामाकी छोरीमाथि फूपूको छोराको हक लाग्ने मगर समुदायको पवरम्पराका कारण बच्चामै भगाएर विवाह गर्ने चलन छ। स्थानीय शिक्षक शंकरप्रसाद गिरीले बेलैमा मामाकी छोरीलाई बुहारी छान्ने संस्कार र घरमा काम गर्ने मान्छेको अभावले पनि बाल विवाह गर्नेको संख्या उच्च रहेको बताए। उनले भने, ुमगर समुदायमा मामाकी छोरी र फूपूको छोराबीच विवाह गर्ने चलन छ। समयमै विवाह गरिएन भने उम्किने डरले चाँडै विवाह गर्छन्। गिरीका अनुसार पलापुमा मागि विवाह गर्नेको संख्या अति न्यून छ। मायाँ-प्रेमको चक्कर र गाउँमा लाग्ने एक राते बजारले बालविवाहलाई प्रोत्साहन दिएको स्थानीय बताउँछन्। बालविवाह गर्नेहरु अधिकांश भागेर विवाह गर्ने रहेको बताइएको छ। पलापुकी १७ वर्षमै विवाह गरेर १८ वर्षमा छोरा जन्माएकी सुजना मगरको एक वर्ष नपग्दै कुपोषणका कारण छोराको मृत्यु भयो। छोरा गुमाएपछि अर्को वर्ष छोरी जन्माइन्।२२ दिनमै छोरीको पनि मृत्यु भएपछि अहिले उनलाई बालविवाह गरेको पछुतो लागेको छ। उनले भनिन्, सन्तान त बाँचेनन् नै आफू पनि अस्वस्थ भएर बाँचेकी छु, उमेर नपुग्दै गरेको विवाहको परिणाम भोगिरहेकी छु। सुजनाजस्ता ३४ बालिका अहिले आमा बनेर कष्टपूर्ण जीवन कटाइ रहेका छन्। उनले बाल विवाह नगर्न सुझाव दिएकी छिन्।

 बच्चा जन्माउने पनि २० वर्ष मुनिकै धेरै 

पलापु स्वास्थ्य चौकीमा पाँच वर्षयता २० वर्ष मुनिका ९९ जना प्रसूति गराउन आए। पाँच वर्षमा कुल ३ सय ३८ जना महिलाले स्वास्थ्य चौकीमा प्रसूति गराएकोमा ९९ बालिका छन्।  तथ्याङ्क अनुसार २० वर्ष भन्दा कम उमेरमा आमा बन्नेहरु ३० प्रतिशत छन्। २० वर्ष भन्दा कम उमेरका महिलालाई सुत्केरी गराउन समस्या भएको पलापु स्वास्थ्य चौकीकी इन्चार्ज राधिका खवासले बताइन्। सानै उमेरमा आमा बन्ने महिलालाई लामो समयसम्म प्रसव पीडा हुने भएकाले अत्याधिक रक्तश्राव हुने, साल पहिले झर्ने समस्या २० वर्ष भन्दा कम उमेरका महिलामा बढी छ, उनले भनिन्। बालविवाहका कारण कम उमेरमै सुत्केरी हुनेहरु आमा र बच्चा दुवै कुपोषणको समस्या झेलिरहेका छन्। बालविवाह र बाल्यकालमै बच्चा जन्माउँदा आमा तथा बच्चाको स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले गाउँपालिका तहमै सचेतनाको अभियान चलाउनुपर्ने सरोकारवालाको सुझाव छ।  वडा कार्यालसँग मिलेर बालविवह विरुद्धको अभियान थालिएको सहास नेपालका प्रमुख टंक गौतमले बताए। 

२०७५ असार १३ गते २:५७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: