A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन्। साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले आफ्नै विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी पाठकलाई निर्घात कुटपिट गरेको पीडित पाठकले बताएका छन्। पीडित पाठकले आफूलाई कोठामा थुनेर प्रधानाध्यापक सर ओमप्रकाश यादव, चालक कमल दास, चन्दन यादव र नन्दकिशोर यादवसहितले लाँठी र रबरको पाइपले कुटपिट गरेको बताए। कुटपिटबाट पाठकको कानबाट रगत निस्केको छ भने शरीरभरि नै निलडाम रहेको पीडितका ठूलो बुबा श्यामानन्द पाठकले बताए। घाइते पाठकको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। उनले आफूलाई अपांग बनाई दिने, पढ्ने सपना चकनाचुर पारिदिने भन्दै पालोपालो गरी प्रधानाध्यापक ओमप्रकाश र शिक्षकले निर्घात कुटपिट गरेको आरोप लगाए। पीडित पाठकले कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। उता प्रधानाध्यापक यादवले कुटपिट गरेको स्वीकार गर्दै अपांग बनाउने गरी नकुटेको दाबी गरे। यादवले आबेगमा आएर कुटपिट गरेको भनी स्वीकार गरे। यो घटना मिलाउने प्रयासमा समेत रहेको यादवले सुनाए। यादवले सञ्चारकर्मीलाई समाचार लुकाई दिनसमेत आग्रह गरे।

२०७५ असार ११ गते ८ :१७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: