A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जग्गेमै रोकियो बालविवाह

गैरकानुनी रूपमा गर्न लागिएको बालविवाह उदयपुरमा रोकिएको छ। जिल्लाको ताप्ली गाउँपालिका ५ रूपाटारस्थितमा बुधबार हुन लागेको बालविवाह स्थानीय बालअधिकारकर्मीको प्रयासमा रोकिएको हो। अन्माउन लागिएको बेहुलीको उमेर विवाहयोग्य नभएको पाएपछि वडा बाल संरक्षण तथा संवद्र्धन उपसमिति (डब्लुसिपिपिसी) ताप्लीको पहलमा गाउँमा आएको जन्तीलाई रोकिएको हो। डब्लुसिपिपिसीले ताप्ली ५ कटहरेका २६ वर्षीय सूर्जबहादुर खड्का र १६ वर्षीया एक बालिकाबीच हुन लागेको विवाहलाई जग्गैबाटै रोकेको हो। खड्काले सोही गाउँकी १६ वर्षीया बालिकासँग गर्न लागेको विवाहलाई बालअधिकारकेन्द्रित डब्लुसिपिपिसीले विवाहयोग्य उमेर नभएको भन्दै रोकेको स्थानीयले बताए। बालविवाह गैरकानुनी भन्ने कुरा बालअधिकारसम्बन्धी बेलाबेलामा गाउँमा हुने गरेका कार्यक्रममार्फत गाउँलेले जानकारी पाएका थिए। सोहीअनुसार स्थानीयले डब्लुसिपिपिसीको बालविवाह रोक्ने कदमको खुलेर समर्थन गरेपछि खड्का र बालिकाबीचको विवाह रोकिन पुगेको हो। बालविवाह गैरकानुनी कार्य भएको कुरा बेलाबेलामा लिएको तालिममार्फत जानकारी पाएका डब्लुसिपिपिसीका पदाधिकारीले बेहुलीको उमेर बुझेरै विवाह रोकेको स्थानीय महेन्द्ररत्न माध्यमिक विद्यालयका शिक्षक मोहनबहादुर बुढाथोकीले बताए। डब्लुसिपिपिसीका अध्यक्षसमेत रहेका बुढाथोकीका अनुसार भर्खर १६ वर्ष लागेकी बालिकासँग बिहे गर्दा गैरकानुनी हुनेबारे दुलहा पक्षलाई स्थानीयले बेलैमा सचेत गराएका थिए। तर, त्यसबारे बेवास्ता गरेर अभिभावकले बिहेको तयारी गरेपछि अन्तिममा बिहे रोक्नुपरेको हो। बालविवाह गर्नुहुन्न भन्ने जानकारी हुँदाहुँदै र सचेत गराउँदागराउँदै अभिभावकले जबर्जस्ती बिहेको कार्य अघि बढाएपछि बाध्य भएर बिहे रोक्नु परेको डब्लुसिपिपिसीको भनाइ छ।

बालविवाह गैरकानुनी कार्य हो भन्ने विषयमा विभिन्न संघसंस्थाले सो वडाका बालबालिका, जनप्रतिनिधि र डब्लुसिपिपिसी पदाधिकारीलाई समयसमयमा तालिम दिँदै आएको छ। बालअधिकारबारे पैरवी गर्दै आएको संस्था जालपा एकीकृत विकास समाजद्वारा गठित डब्लुसिपिपिसीले गाउँमा बालविवाह न्यूनीकरणबारे अभियान नै सञ्चालन गर्दै आएको संस्थाका बाल प्रयोजन सहजकर्ता इन्द्रनारायण श्रेष्ठले बताए। उनका अनुसार गाउँमा कुनै पनि बालबालिकाको उमेर नपुगी बिहे गर्नुहुन्न भन्ने अभियानकै क्रममा यो बिहे रोकिएको हो। अधिकारकर्मीहरूले विवाह रोकेपछि बेहुलाको घरबाट छुटेको जन्ती ६ घण्टापछि रित्तै फर्कनुपरेको छ। डब्लुसिपिपिसीका अध्यक्ष बुढाथोकीका अनुसार बेहुला बेहुली दुवैपट्टिका अभिभावकलाई सँगै राखेर विवाहयोग्य उमेर पुगेपछि बिहे गर्ने सहमतिमा जन्ती फिर्ता पठाउन बेहुली पक्ष राजी भएको हो। ‘सुरुमा त धेरै गाह्रो भयो, यत्रो तामझामका साथ आएको जन्ती बेहुली नलिई फर्कन्न भनेर ढिँपी गरे,’ बुढाथोकीले भने ‘तर, गाउँका अधिकतर अभिभावकले बालअधिकारकर्मीकै पक्ष लिएपछि बाध्य भएर दुवै पक्ष सहमत भएपछि विवाह रोकियो।’ बिहेको कुराले सबै स्थानीय खुसी भए पनि बेहुलीको उमेर १६ वर्ष पुग्नै नपाएको खबरले दुःखी हुँदै बिहे रोक्नुपरेको उनले बताए। जालपाले ताप्लीलगायत जिल्लाका विभिन्न स्थानीय तहका वडामा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा बालविवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैै आएको छ। संस्थाका कार्यक्रम अधिकृत रुद्र पोखरेलले बालशिक्षाबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले बालविवाहलाई पूर्णतः रोक लगाउने उद्देश्यले गतिविधि गर्दै आएको छ। जाल्पाले ‘सानै छु बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ भन्ने नाराका साथ बालविवाहविरुद्ध विभिन्न स्थानीय तहमा सञ्चालित कार्यक्रममध्ये ताप्लीमा पनि चेतनामूलक कार्यक्रम गर्दै आएको छ। जसअनुसार जिल्लाका थुप्रै बालबालिकाको विवाह रोक्न संस्था सफल भएको अध्यक्ष पुष्पराज पोखरेलले बताए।

२०७५ असार १५ गते ७ :२९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: