समाचारमा बालबालिका

नुहाइरहेकी बालिकाको करेन्ट लागेर मृत्यु

पानी तान्ने मोटर जोडेको ट्युववेलमा नुहाउने क्रममा करेन्ट लागि एक बालिकले आइतबार ज्यान गुमाएकी छन्। भारत विहार मधुबनी जिल्लाको लौकही घर भई सप्तरीको बोदे बर्साइन नगरपालिका-२ नेंगडास्थित मामाघरमा बस्दै आएकी १५ वर्षीया नसिमा खातुनको करेण्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। करेन्ट लागि मृत्यु भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली अनुसन्धानका लागि घटनास्थल पुगेको डिएसपी भावेश रिमालले जानकारी दिए।

२०७५ असार १० गते ११:५० मा प्रकाशित