समाचारमा बालबालिका

राजधानीको सोल्टीमोडमा १४ वर्षीया किशोरी बलात्कृत

काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा एकजना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ का ३० वर्षीय समिर पुलामीले बलात्कार गरेको जानकारी प्रहरीले दिएको छ। पुलामीलाई प्रहरीले बुधबार नै पक्राउ गरेर हिरसतमा लिएको छ । पुलामीले सोल्टीमोडमा बस्ने १४ वर्षीया किशोरीलाई कोठामा एक्लै भएको बेला जबरजस्ती करणी उद्योग गरेको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएको छ ।

२०७५ कार्तिक ८ गते १२:३८ मा प्रकाशित