A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पैसा चोरेको भन्दै नाबालकको हात भाँचियो

दुल्लु नगरपालिका–३ सियालामा रहेको सागर होटेल सञ्चालकले पैसा चोरेको आरोपमा होटेलमा श्रमिकका रूपमा कार्यरत १२ वर्षीय बालकको हात भाँचिदिएका छन् । होटेलमा बालश्रमिकका रूपमा कार्यरत १२ वर्षीय प्रकाश बुढाथोकीको होटेल मालिक्नी शान्ति शाहीले दाउराले हानेर हात भाँचिदिएको स्थानीयले बताएका छन् । सल्यानको दार्मा गाउँपालिका–६ घर भएका बालक शाहीले दसैँमा घर जान साहुसँग काम गरेको ज्याला मागेका थिए । आफूले कमाएर राख्न दिएको १५ सय रुपैयाँसमेत साहुनीले नदिएपछि उनी दसैँमा पनि घर जान पाएका थिएनन् । पछि बालकले १५ सय चोरेको आरोपमा होटेल साहुनी शान्तिले बालकको हात टेबुलमा राखेर दाउराले हानेर भाँचिदिएको स्थानीयको भनाइ छ । दाउराले हान्दा बालकको देब्रे हातको नाडी भाँचिएको छ ।

हात भाँचिदिएपछि शान्तिले बालकलाई गलहत्याएर होटेलबाट निकालेको स्थानीयले बताएका छन् । हात भाँचिदिएपछि बालकको उपचार गर्न होटेल सञ्चालक शान्तिलाई आग्रह गर्दा उनले वास्ता गरेकी छैनन् । घटनाका विषयमा खबर गर्दा प्रहरीले पनि चासो नदिएको स्थानीय तेजबहादुर महतले बताए । घटनाको १८ दिनपछि मात्र साहुनीले बालकको हात भाँचिदिएको सार्वजनिक भएको छ । स्थानीय प्रहरीले पीडितको उद्धार नगरेको अधिकारकर्मीले बताएका छन् ।१८ दिनपछि स्थानीयले दैलेख सदरमुकामको महिला तथा बालबालिका सेवा केन्द्रमा खबर गरेपछि मात्र घटना सार्वजनिक भएको हो । मंगलबार साँझ बालकलाई दैलेख सदरमुकाममा ल्याइएको छ । सदरमुकाममा बालकको उपचार सम्भव नभएपछि नेपालगन्ज लगिएको छ । तर, घटनामा संलग्नमाथि कारबाहीको कुनै प्रक्रिया थालिकएको छैन । होटेल मालिक्नीका पति सुरेश शाहीले बालकको उपचारका लागि नेपालगन्ज लिएर गएको दैलेख प्रहरीले जनाएको छ । शान्ति शाहीले रुपैयाँ चोरेको रिसको आवेसमा कुटपिट गर्दा हात भाँचिएको स्विकारेकी छिन् ।

२०७५ कार्तिक ७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: