समाचारमा बालबालिका

बालिका बलात्कारको प्रयासमा युवक पक्राउ

९ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा उदयपुरका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतामाइ गाउँपालिका- ३ का २८ वर्षीय डम्बरबहादुर राई रहेका छन्। कात्तिक ३ गते राति मौकाछोपी आरोपितले बालिकालाई बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए। बलात्कारको प्रयास गरेको भन्दै पीडित पंक्षले मंगलबार प्रहरी कार्यालयमा जाहेरी दिए लगत्तै प्रहरी परिचालन गरी पक्राउ गरिएको एसपी राईले बताए। 

२०७५ कार्तिक ७ गते २:३२ मा प्रकाशित