A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एसिड प्रहारबाट बालक सख्त घाइते

अज्ञात युवाहरुको एसिड प्रहारबाट १४ वर्षीय बालक घाइते भएका छन् । उनको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । घाइते बालकले आफ्नो नाम दिपेन परियार बताएका छन्। एसिड प्रहारबाट चिन्ताजनक अवस्थामा सोमबार राति ९ बजे दुहवीमा लडिरहेको फेला पारेपछि प्रहरीले उपचार गर्न प्रतिष्ठानमा ल्याएको हो। घाइते बालकले आफ्नो आमा नभएको र बाबुको नाम अशोक रहेको बताएका छन्। उनले विराटनगरको कोशी अस्पताल लाइनमा बस्ने गरेको बताएपनि प्रहरीले फेला पार्न नसकेको प्रतिष्ठानका प्रहरी इन्चार्ज तिलक गिरीले बताए। बालकको छाती र घाँटीमा एसिड प्रहार भएको छ। मुस्किलले बोल्न सक्ने अवस्थामा रहेका घाइते बालकले प्रहरी र चिकित्सकलाई ‘राति दुहवीको पुल नजिकैको चौतारीमा बसिरहेको बेला ठूला दाइहरुले तातो चिजले हानेको’ मात्र भनेका छन्। 

उपचारमा संलग्न बालरोग चिकित्सक डा अरुण कुमार सिंहले भने, ‘बालकको अवस्था नाजुक छ। उसलाई थप उपचारका लागि आइसियु आवश्यक देखिएको छ। प्रहरीले उपचारको लागि प्रतिष्ठानमा भर्ना गरिदिएपछि बालकको रेखदेख र उपचार खर्च चिकित्सक र नर्सहरुले गरिरहेका छन्। डा सिंहका अनुसार बालकको आफन्त अझै फेला पनि नपरेको र फेला परेपनि आइसियुमा राखेर उपचार गर्न सक्ने आर्थिक क्षमता भएको जस्तो नदेखिएकाले चिकित्सक र नर्सले मिलेर रकम उठाउँदै औषधि उपचार भइरहेको छ। एक छिनसम्म मुस्किलले बोल्ने, बोलिसकेपछि रुने र बेहोस हुने भएकाले आइसियुमा राख्नु पर्ने अवस्था देखिएको डा सिंहले बताए। उनले भने, प्रतिष्ठानसँग पनि निशुल्क उपचारका लागि अनुरोध गरेका छौं। नपुगेको हामीले जुटाउने छौं भनेका छौं। बालकले आफूलाई एसिड प्रहार गर्नेहरु नचिनेका कारण ‘ठूला दाईहरुले’ मात्र भन्न सकेको प्रहरी इन्चार्ज गिरीले बताए। उनले भने, ‘अहिलेसम्म एसिड प्रहार घट्ना युवतीहरुलाई हुने गरेको देखिएको थियो। तर यो सडक बालक जस्तो देखिने बबुरोलाई ठूला केटाहरुले किन एसिडले हाने भन्ने नै पत्ता लगाउन सकिएको छैन।’ प्रहरीले कुनै उछृङ्खल युवाहरुले बाटोको चौतारीमा राति बसेको अवस्थामा एसिड हानेको अनुमान गरेको छ। 

२०७५ कार्तिक ७ गते २:०५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: