समाचारमा बालबालिका

घाँटीमा बेलौती अड्किएर ५ वर्षीय बालकको ज्यान गयो

घाँटीमा बेलौती(अम्बा) अड्किँदा स्याङ्जाको वालिङमा ५ वर्षीय बालकको ज्यान गएको छ । वालिङ नगरपालिका–१३, का प्रकाश नेपालीका ५  वर्षीय छोरा प्रिन्स नेपालीको घाँटीमा बेलौती अड्किएर ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख शंकर आचार्यले जानकारी दिनुभयो ।आफ्नो घरमा फलेको बेलौती खाँदा घाँटीमा अड्किएपछि  उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बालकको ज्यान गएको हो

२०७५ कार्तिक ९ गते ७:४४ मा प्रकाशित