A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कालिकोटमा कुपोषणको समस्या घट्दै

गत आर्थिक वर्षको तुलानामा यस वर्ष बालबालिका तथा महिलामा देखिने कुपोषणको समस्यामा कमी आएको छ । नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा पोषण सम्वन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन भएपछि कुपोषणमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ । गत आवमा कालिकोटमा ५ प्रतिशत तौल भएका शिशु जन्मिएकोमा यस वर्ष ४ प्रतिशत रहेको छ । यस्तै दुई वर्ष भन्दा मुनिका बालबालिकामा देखिएको कुपोषण गत वर्षको तुलनामा ७ प्रतिशत कमी आएको छ । साथै गर्भवती तथा सुत्केरी अवस्थामा आइरन चक्कनीको प्रयोग गर्ने महिलाको संख्यामा समेत बृद्धि भएको छ । कुपोषणमा कमी ल्याउन जिल्ला स्वास्थ्य कार्यालय लगायतका विभिन्न संघसंस्थाहरुले गर्भवती तथा सुत्केरी महिलालाई पोषण स्वरुप अण्डा, पोषीलो खानेकुरा वितरण गर्दै आएको छ । साथै, कुपोषीत बालबालिकालाई बहिरंग उपचार सेवा र सर्बोतम पिठो वितरण गर्ने गरेको छ । कुपोषित भएका बालबालिका मध्ये ६० प्रतिशतभन्दा बढी बालिका दलित परिवारबाट रहेको जिल्ला स्वास्थ्य कार्यालय कार्यालय कालिकोटले जनाएको छ । दलित बालबालिका कुपोषित देखिनुको मुख्य कारण लैगिंक विभेद, गरिबी, रुढीवादी परम्परा रहेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा।विवश पराजुलीले बताए ।

२०७५ कार्तिक ७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: