A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मेला हेर्न गएकी किशोरी सामूहिक बलात्कारको शिकार

रौतहटको गुजरा नगरपालिकाको मनर्वाटोलमा मेला हेर्न गएकी एक किशोरीलाई तीनजना युवकले सामूहिक बलात्कार गरेका छन्। गुजरा नपाको मनर्वाटोलमा लागेको मेला हेर्न गएकी १७ वर्षीया किशोरीलाई तीनजना युवकले सामूहिकरुपमा बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा उजुरी दिएका छन्। आइतबार राति मेला हेर्न गएकी ति किशोरीलाई सोमबार बिहान उज्यालो नहुँदै घर पुर्यामइदिने भन्दै चिनजानकै एक छिमेकी युवकले मोटरसाइकलमा राखेर मनर्वास्थित नहरको डिलमा ल्याएर उनीसहित उनका तीनजना साथीले बलात्कार गरेको पीडित पक्षको आरोप छ। नहरको डिलमा बलात्कार गरेर पुन जंगलतर्फ मोटरसाइकलमा राखेर लैजाँदै गर्दा बस्तिछेउमा पुगेपछि किशोरीले मोटरसाइकल चलाइरहेका आरोपीको हात टोकेर मोटरसाइकल लडाइ गुहार मागेपछि तीनैजना युवक फरार भएको पीडित किशोरीले प्रहरीसमक्ष बताएकी छन्। आरोपी तीनैजना फरार रहेका छन्। सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दर्ता भएको छ।  बिहानै भएको घटनाको प्रहरीलाई साँझ मात्रै जानकारी दिएकाले आरोपी फरार हुने मौका पाएको प्रहरीको भनाइ छ। किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान र आरोपीको खोजी भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी युवराज खड्काले जनाकारी दिएका छन्।

२०७५ कार्तिक ६ गते ११:५० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: