A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session12asf916hglkonq12j2oa74occ3micl6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एघार महिनामा दुई र तीन वर्षीया ३३ नाबालिका बलात्कृत

सप्तरीमा ११ महिनाको अवधिमा बलात्कार र बलात्कार प्रयासका ६० घटना भएको पाइएको छ। तथ्यांक अनुसार बलात्कारका ३२ घटनामा दुई र तीन वर्षीया ३३ नाबालिका पनि यौनहिंसाको शिकार भएका छन्। राजविराजमा नेपाल मानवअधिकार वर्षपुस्तक २०१९ का लागि सप्तरीमा संकलित मानवअधिकार उल्लघंन र ज्यादतीका घटनाको प्रकाशन पूर्व आयोजित वार्षिक समीक्षामा इन्सेक सप्तरीले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। उक्त प्रतिवेदनमा बालिका बलात्कारका ३२ र यौन दुव्र्यवहारका १३ घटना भएको उल्लेख छ। त्यस्तै, महिला बलात्कारका ११ र यौन दुर्व्यवहारका चार घटना भएको प्रतिवेदनमा उल्लेख छ। बलात्कारका यी घटनामा १२ वर्षीय बालकदेखि ६५ वर्षीय वृद्धसमेत संलग्न भएको पाइएको छ। जसमा ४३ जना आरोपितमध्ये १७ जना थुनामा छन् भने ११जनाविरुद्ध वारेण्ट जारी गरिएको छ। यी घटनाका ६ अभियुक्त फरार छन्। त्यस्तै यौनहिंसामा संलग्न आरोपिमध्ये २ जना बालकलाई संरक्षकको जिम्मा लगाइएको छ। त्यस्तै २ बालकको कैदसजाय स्थगन भएको छ।ती घटनामा संलग्न ३ जनाले सफाइ पाए भने एकजना धरौटीमा रिहाइ भएका छन्।अर्का एकजना पक्राउ परेका छन्। बालिका यौन दुर्व्यवहारका १३ घटनामा ३ र ६ वर्षका बालिकासमेत पीडित बनेका छन्। आरोपित १३ वर्षीयदेखि ६५ वर्षीयसम्म १६ जना छन्। जसमध्ये तीनजना बालक बालसुधार गृहमा, एक संरक्षकको जिम्मामा र एक बालक थुनामा छन्। एकजनालाई कैद सजाय, ५ थुनामा, १ जनामाथि वारेण्ट जारी, १ जना फरार छन् भने ३ जना धरौटीमा रिहा भएका छन्।

महिला बलात्कारका ११ घटनामा १९ वर्षीयादेखि ७० वर्षीयासम्म पीडित बनेको घटना अभिलेख गरिएको छ। आरोपित २४ जनामा १७ वर्षीयदेखि ६५ वर्षीयसम्मका रहेका छन्। जसमध्ये १० जना थुनामा, ७ जना फरार, ६ जनामाथि वारेण्ट जारी भएको छ भने १ जनाले सफाइ पाएका छन् । महिला यौन दुर्व्यवहारका ४ घटनामा ४ महिला पीडित र ५ आरोपित देखिएको छ। आरोपितमध्ये २ जनामाथि वारेण्ट जारी, २ जना धरौटीमा रिहा भए भने १ जनाले सफाइ पाएका छन्। बहुविवाहका घटनामा समेत निकै वृद्धि भएको छ। एक वर्षको अवधिमा बहुविवाहका २० घटनामध्ये २ जना थुनामा, १० जना धरौटीमा रिहा, ८ जनाविरुद्ध म्यादी पूर्जी जारी र १९ जना फरार छन्। हालै १ जना भने पक्राउ परेका छन्। कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको पाँच घटनामा १ थुनामा, ३ जना धरौटीमा रिहा भए भने १३ जना विरुद्ध म्यादी पूर्जी जारी भएको छ। गर्भपतनको १ आरोपित धरौटीमा रिहा भए भने अर्को १ घटनामा १ जना धरौटीमा रिहा र ५जना विरुद्ध म्यादी पूर्जी जारी भएको छ। यसैगरी बालविवाहका ३, बालिका अपहरणको २, अस्पताल तोडफोडको २, शिक्षकमाथि दुव्र्यवहारको २ तथा बालक कुटपिट, विद्यालय तोडफोड, धम्की र यातनाका १÷१ घटना समेत सार्वजनिक गरिएको छ। प्रेम गरेको आरोपमा घरबाट निकालिएकी १४ वर्षीया एक बालिकालाई अधिकारकर्मी र प्रहरीको प्रयासमा ५७ दिनपछि बुवाआमाको जिम्मा लगाइएको छ। घरेलु हिंसाका संकलित २७ वटा नमूना घटनामध्ये ९ घटनामा सहमति, एउटा अदालतमा चालू र अदालत पुगेको एउटामा मिलापत्र भएको छ। त्यस्तै ३ घटनामा अदालतबाट अन्तरिम संरक्षणात्मक आदेश जारी भएको छ। ३ घटनामा चारजना धरौटीमा, एकजना साधारण तारेखमा रिहा भए भने चारजना विरुद्ध म्यादी पूर्जी जारी भएको छ। एक घाइतेका पतिले उजुरी गर्न रोके भने नौ घटनामा सहमतिको प्रयास भइरहेको छ।

२०७५ मंसिर ७ गते १:३३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: