समाचारमा बालबालिका

रमाउँदै बाल फुटबलर

नेपालगन्जमा १२ वर्षीय आर्यान भट्टराईको सपना भविष्यमा सिभिल इन्जिनियर बन्नेछ । पाँच वर्षको उमेरदेखि फुटबल खेल्न थालेको बताउने उनी आपूmलाई स्ट्राइगर भन्न रुचाउँछन् । भन्छन्,इन्जिनियर बन्न पनि फिजिकल फिटनेट त चाहिन्छ । त्यसका लागि फुटबल खेल्छु । उनका फुटबल आइडल लयोनल मेसी र नेमार हुन् । नेपालगन्ज मोडेल एकेडेमीमा कक्षा ७ का विद्यार्थी अनुप सापकोटा पनि मेसीका फ्यान हुन् । मेसीको खेल टेलिभिजनमा लाइभ हेर्न छुटाउँदिनँ । युट्युबमा पनि हेर्ने गरेको छु’, उनले भने, ‘मेसीको जस्तै फुटबलमा गोल हान्ने र पास दिने स्किल सिक्न चाहन्छु । आठ वर्षका अभिषेक बोहोरा त किपर बन्न चाहन्छन् तर उनी नि मेसी कै फ्यान हुन् । कक्षा २ का विद्यार्थी बोहोराको फुटबलमा लगाव ठूलो छ । उनी गोल पोस्टमा बस्दा पनि मैदानको केन्द्रसम्म पुगेर बल हान्न भ्याउँछन् ।गत शनिबार बिहान साढे ७ बजे नेपालगन्जको धम्बोझी मिनी फुटबल मैदानमा पुग्दा मेसी र विश्वचर्चित अन्य फुटबलरको फ्यान बताउने भट्टराई, सापकोटा, बोहोराजस्ता थुप्रै बाल फुटबलरहरू फुटबल सिकिरहेका थिए । बाक्लो हुस्सु लागेको थियो । चिसोले कँपाएको थियो । तर पनि एकाधबाहेक सबै हाफ पाइन्टमै फुटबल खेलिरहेका थिए । अधिकांशले आआफ्नै क्लबको जर्सी लगाएका देखिन्थे । बिदाको दिन अबेरसम्म सुत्ने बानी छोड्दै फुटबल खेल्न पुगेका थिए । मैदानमा भेटिएका थिए, सबैभन्दा कान्छा प्रशिक्षार्थी आठ वर्षका संवेग गैरे । भविष्यमा वैज्ञानिक बन्ने सपना सँगालेका गैरे अघिल्लो दिन मात्र किनेको नयाँ जर्सीमा र जुत्तामा वल्लो किनारदेखि पल्लो किनार छिचोल्दै रमाइरहेका थिए ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० बाँकेले नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोझीमा मिनी फुटबल एकेडेमी तयार गरेर बालबालिका रमाउने अवसर जुराएको छ । विशालचोकस्थित रामजानकी गोकुलेश्वर महादेव मन्दिरको २३ कट्ठा जग्गामा मिनी फुटबल मैदान निर्माण गरी फिफा ग्रासरुट फुटबल कार्यक्रमअन्तर्गत १० असोजदेखि एन्फाले बालबालिकालाई हप्ताको दुई दिन प्रशिक्षण दिइरहेको छ । ग्रासरुट फुटबल कार्यक्रमबाट पाएको पाँच लाख र थप त्यत्ति नै रकमको जोहो गरी एन्फाले झन्डै १० लाख खर्च गरेर मैदान तयार गरेको हो । उसले पाँच वर्षसम्म नियमित रूपमा बालखेलाडीलाई प्रशिक्षण दिने जनाएको छ । फुटबल प्रशिक्षण गराइरहेका छन्, रवीन्द्र श्रेष्ठले । श्रेष्ठ एन्फा बाँकेका महासचिव पनि हुन । उनी अहिले नियमित रूपमा ४० जनाको हाराहारीमा बालबालिका फुटबल सिक्न आइरहेको बताउँछन् । फुटबल सिक्ने चाहना धेरैमा छ । उनीहरूले चाँडै सिकेको कुरा आत्मसात् पनि गरेका छन् । भविष्यमा राम्रो खेलाडी बन्ने लक्षण धेरैमा छ’,श्रेष्ठले प्रशिक्षणको अनुभव सुनाए, ‘यति सानो उमेरमा पनि उनीहरूको टिमवर्क लाभलाग्दो छ । हामीले खेल्ने पूर्ण वातावरण दिएका हौं । कन्ट्रोलिङ र पासिङमा क्रमशः सुधार आइरहेको छ । सिक्न त अझैं समय लाग्छ । एकेडेमीमा सात वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई प्रशिक्षण दिइन्छ । विगतमा बिहान गरिने प्रशिक्षण मंसिरदेखि साँझ राखिएको हो । प्रशिक्षणका लागि १० जना स्वयम्सेवी प्रशिक्षक तयार छन् । बालबालिकाको संख्या वृद्धि भएमा सातै दिन प्रशिक्षण दिन सकिने एन्फा बाँके अध्यक्ष भोजराज शाही बताउँछन् । ‘यो खेलाडी उत्पादन गर्ने फ्याक्ट्री हो । अब हजारौं खेलाडी उत्पादन हुन्छन्’,शाहीले भने, ‘यसको प्रभावकारिता हेरी जिल्लाका अन्य पाँचवटा ठाउँमा पनि यस्तै खेल मैदान निर्माण गरी प्रशिक्षण दिने हाम्रो लक्ष्य छ । उनले खेलका माध्यमबाट बालबालिकामा नैतिक शिक्षा सिकाउने र कुलतमा जानबाट रोक्ने पनि दाबी गरे ।फुटबल प्रशिक्षणका लागि नेपालगन्ज उपमहानगरपालिकाको वडा नंं.१ ले पनि सघाएको छ । मैदान भाडामा लिँदा वार्षिक रूपमा लाग्ने सम्पूर्ण भाडा वडाले नै बेहोर्ने भएको छ । यू-१६ फुटबलका पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका वडाध्यक्ष प्रमोद रिजाल भन्छन्, बालबालिका तहबाटै फुटबल खेलाडी उत्पादन गर्ने सोचका साथ सुरु भएको अभियानमा हामीले साथ दिएका हौं । हामी सक्दो सहयोग गछौं ।

२०७५ मंसिर ४ गते १०:१६ मा प्रकाशित