समाचारमा बालबालिका

शिक्षकको कुटाइबाट जाजरकोटमा विद्यार्थी घाइते

जाजरकोटको छेडागाड नगरपालिका-११ मा रहेको बाल माध्यामिक विद्यालय झाप्राका शिक्षक पृथ्वीबहादुर सिंहले विद्यार्थीलाई कुटेर घाइते बनाएका छन् । रजिस्टेशन र्फमको विषमा शिक्षक सिंहले कक्षा ९ मा अध्ययनरत छात्र शेरबहादुर बस्नेतलाई कुटपिट गरी रक्ताम्य बनाएका हुन्। विद्यालयका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठन जाजरकोटका अध्यक्षसमेत रहेका शिक्षक सिंहले विद्यालयमा अनुपस्थित भएको भन्दै कुटपिट गरेको पीडित विद्यार्थी शेरबहादुरले बताएका छन् । शेरबहादुरले छेडागाड नगरपालिका-५ मा रहेको प्रहरी चौकी बडाबनमा शिक्षक सिंहविरुद्ध उजुरी दिएका छन् । तर, शिक्षक सिंहले परिवारसँगको छलफलपछि घटना मिलिसकेको बताए । हाजिरी नपुगेकोले फारम भर्न हुन्न भन्दा झर्किएपछि एक झापड हानेको हुँ । कुरा मिलिसक्यो,’ शिक्षक सिंहले भने।

२०७५ मंसिर ९ गते १:११ मा प्रकाशित