समाचारमा बालबालिका

बलात्कारको आरोपी दिल्लीबाट पक्राउ

१२ वर्षकी किशोरीलाई बलात्कार आरोप लगेका एक युवकलाई भारतको दिल्ली गुडगाउँबाट गिरफ्तार गरिएको छ । भरतपुर महानगरपालिका १३ का २७ वर्षीय राजन विकलाई चितवन प्रहरीले मंसिर १ गते शनिबार पक्राउ गरेको हो । कात्तिक २४ गतेउनले किशोरीलाई जबरजस्ती करणी गरेकोमंगलबार आयोजित पत्रकार सम्मेलनमा चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले जानकारी दिए । साँझ अन्दाजी साढे सात बजे राजनले ति किशोरीलाई आफ्नो मोटरसाइकलमा राखेर सुनसान ठाउँमा पुर्यावएर जबरजस्ती करणी गरेको उजुरी हामीलाई प्राप्त भएको थियो,एसपी राठौरले भने । भोलिपल्ट मध्याह्नपछि प्रहरीमा उजुरीआएको थियो । त्यसपछि प्रहरीले खोजी गर्दाआरोपित राजन फेला पर्न सकेका थिएनन् । उनले प्रयोग गर्ने मोबाइलले बर्दघाट र बुटवल बसेको देखाएपछि राजनलाई समाउन प्रहरीले टोलीबनाएको थियो । प्रहरी निरीक्षक गणेश पौडेलले नेतृत्वको टोलीले हप्ता दिनपछि राजनलाई समाएको हो । मोबाइल फोनको लोकेसनका आधारमा उनलाई भारतमा पुगेर समाउन सक्यौं, चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डीएसपी० दुर्गाराज रेग्मीले भने।

२०७५ मंसिर ५ गते ९:४६ मा प्रकाशित