A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ट्रकको ठक्करबाट बालिकाको मृत्यु

डुम्रे–बेंसीसहर सडक खण्डमा पर्ने लमजुङको सुन्दरबजार नगरपालिका-८ डुँढकुला नजिकै ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।आइतबार बेंसीसहरबाट पाउँदीतर्फ जाँदै गरेको बा २ क १९७६ नम्बरको मालबहाक ट्रकले ठक्कर दिँदा स्थानीय ७ वर्षीया करुणा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुन्दरबजार नगरपालिका ८, बलिथुम घर भएका गिरी परिवार डुँढकुला नजिकै बस्दै आएको प्रहरीले बताएको छ । आइतबार दिउँसो पौने २ बजेतिर ट्रकले ठक्कर दिएको र बालिकाको घटनास्थलमै मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध बनाएका छन् । उनीहरुले बालिकाको शव उठाएका छैनन् । शवलाई बाटोमै छोपेर राखिएको छ । विराटनगरमा रही नेपाली सेनामा कार्यरत बालिकाका बुवाले आफू नआएसम्म शव नउठाउन आग्रह गरेको स्थानीयले बताएका छन् । बालिकाको शव उठन नसक्दा डुम्रे–बेंसीसहर सडक अवरुद्ध भएको प्रहरीले बताएको छ । भोटेओडारस्थित भूपू सैनिक आवासीय मावि कक्षा युकेजीमा पढ्दै आएका बालिका आइतबार स्कुल छुट्टी गरिएकाले घरमै थिइन् । आमासँगै बाटो काटेर माथिल्लो घर जाने क्रममा ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् । ट्रक र चालक धादिङका ३२ वर्षीय मानबहादुर विकलाई नियन्त्रणमा लिएको डीएसपी यादव ढकालले बताए । स्थानीयसँगको समन्वय र छफलफबाट बाटो खुलाउने प्रयास भएपनि स्थानीयको एउटै अडानले बाटो खुलाउन नसकिएको उनले बताए ।

२०७५ मंसिर ९ गते ५:१७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: