समाचारमा बालबालिका

कक्षा ६ पढ्न डेढ घण्टा हिँडाइ

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१, जरुङका शुभमाया तामाङका ६ छोराछोरी छन् । तीमध्ये उनीसँग अहिले एक छोरी मात्र छिन् । किनकि अन्य सन्तान अध्ययनका लागि गाउँदेखि टाढा गएका छन् । कोही काठमाडौंमा छन् । किनभने गाउँ९जरुङ०को विद्यालय ९सिमटार आधारभूत विद्यालय० मा कक्षा ५ सम्म मात्र पढाइ हुन्छ । यसकारण योभन्दा माथि पढ्न गाउँ छाडेर अन्यत्रै जान बाध्य भएका हुन्। कक्षा ५ देखि माथि पढ्न डेढ घण्टा हिँडेर बाँसखर्क आधारभूत विद्यालय जानुपर्ने हुन्छ । त्यहाँ पनि कक्षा ८ सम्म मात्रै पढाइ हुन्छ । जंगलको बाटो हुँदै जानुपर्ने भएकाले कतिपयले त बीचमै पढाइ छाड्ने गरेका छन् । कोही मलेखु, गजुरीमा पढिरहेका छन् भने धेरैजसो काठमाडौं गएका छन् । विद्यालय अभावका कारण गाउँका थोरैले मात्र उच्च शिक्षा हासिल गरेको शुभमायाले बताइन्। धादिङ जरुङका विद्यार्थीलाई कक्षा ५ देखि माथि पढ्न डेढ घण्टा हिँडेर बाँसखर्क आधारभूत विद्यालय जानुपर्ने हुन्छ। त्यहाँ पनि कक्षा ८ सम्म मात्रै पढाइ हुन्छ । जंगलको बाटो हुँदै जानुपर्ने भएकाले कतिपयले त बीचमै पढाइ छाड्ने गरेका छन्।

‘डेढ घण्टा हिँडेर बाँसखर्क आधारभूत विद्यालयमा कक्षा ६ देखि ८ सम्म पढ्यो, त्यसभन्दा माथि पढ्न फेरि अन्य ठाउँ जानुपर्छ,स्थानीय छात्रा सोनिया तामाङले भनिन्,हामी छोरीहरूलाई टाढा–टाढा पढ्न पठाउँदैनन्, त्यसैले पढाइ नै छाड्दिन्छौं ।’ आफू दिन बिराएर विद्यालय जाने गरेको उनले बताइन् । ‘एक दिन गयो भने अर्को दिन खुट्टा दुख्छ,सोनियाले भनिन्, ‘दिनदिनै जान त थकाइ लाग्छ अनि सधैं गइँदैन, आधा पढाइ त छुट्छ। यहाँका बालबालिकालाई पढ्ने समय पनि हुँदैन । बिहान सबेरै उठ्यो, चिया–खाजा खायो । त्यसपछि एक भारी घाँस या दाउरा ल्यायो । अनि मात्र हस्याङ–फस्याङ गर्दै स्कुल दौडनुपर्ने बाध्यता छ । दिनभरि पढेर घर फर्केपछि पनि बिहानकै क्रियाकलाप दोहोरिने गर्छ। गाउँनजिकै उच्च माध्यमिक विद्यालय एवं क्याम्पस नहुँदा छोराछोरीलाई पढाउन समस्या भइरहेको स्थानीय अभिभावक बताउँछन् । बेनिघाट रोराङको दक्षिणी भेगमा प्रायः तामाङ र चेपाङ समुदायको बसोबास छ । वडा नं १ र २ आसपास आठ विद्यालय छन् । तर ती सबैमा प्रावि तहसम्म मात्रै पढाइ हुने भएकाले यस भेगका प्रायः विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने इच्छा अधुरै रहने गरेको छ।

२०७५ मंसिर ४ गते ७:४१ मा प्रकाशित