A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionbldl77dnnejqbdj3u265pf4da8gnvvi1): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

६ महिनाका लागि बन्द भए डोल्पाका विद्यालय

चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरु बन्द भएका छन् । यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत ९६–८० र २० वटा प्राथमिक गरी २४ वटा विद्यालय बन्द भएका हुन् । चिसो बढेसँगै बन्द भएका विद्यालय ६ महिनापछि मात्रै खुल्छन् । प्रतिकूल मौसमका कारण जनजीवन कष्टकर हुने भएकाले कात्तिक अन्तिम साताभित्रै विद्यालय बन्द गरेर घर फर्केको क्रिष्टल माउण्टेन आधारभूत विद्यालयका शिक्षक गङ्गाराम कठायतले बताउनुभयो । चिसोले बस्न नसकिने भएपछि प्रत्येक वर्ष कात्तिक अन्तिमतिरै त्यहाँका स्थानीय विद्यालय ६ महिनाका लागि जाडो छल्न बेँशी झर्छन्’, उहाँले भन्नुभयो । शिक्षा विकास तथा समन्वय इकार्इका इकाइ प्रमुख सिंहराज डाँगीले उपल्लो डोल्पामा कात्तिक लागेसँगै भारी हिमपातका कारण तापक्रम माइनसमा झर्ने र केही दिनसम्म हिमपात हुने भएकाले बालबालिका विद्यालयसम्म पुग्ने स्थिति नहुने बताउनुभयो । अत्याधिक चिसोका कारण त्यहाँका स्थानीयवासी सबै बन्दोबस्तीका सामानसहित घरमा ताल्चा लगाएर जाडो छल्न बेंशी झर्ने र बालबच्चा पनि सँगै लैजाने गरेपछि सम्पूर्ण विद्यालय ६ महिनाका लागि बन्द हुँदै आएका छन् । शैक्षिक सत्र सकिएसँगै उपल्लो डोल्पाका २४ विद्यालयका झण्डै दुई हजार ९०० विद्यार्थी घरमै रहेका छन् । आर्थिक हैसियत मजबुत भएका विद्यार्थी काठमाडौँ जाने गर्दछन् । जाडोयामको सदुपयोग गर्दै उतै विषयगत ज्ञान लिने गरेको शिक्षक कठायतको भनाइ छ ।कमजोर आर्थिक अवस्था भएका विद्यार्थी अभिभावकसँगै तल्लो डोल्पाका दुनै, त्रिपुराकोट, लिकु, पहाडालगायतका विभिन्न स्थानमा जाडो छल्न झर्ने गर्दछन्। चिसो मौसम सकिएर गर्मी शुरु भएपछि चैत अन्तिमतिर मात्रै शिक्षक विद्यार्थीको जमघट हुने गर्दछ।

२०७५ मंसिर ८ गते ३:०५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: