A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmjvifkkae63riaih6sdjjdha7oraq7kf): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाह्र वर्षीय गर्भवती

दुवै नारीभरि चुरा, निधारमा रातो टीका, गुलाफी रंङको ज्याकेट लगाएकी १२ वर्षीया गंगामाया चेपाङ पेटमा ३४ हप्ताको बच्चा चलिरहेको छ। उनको व्यवहार पनि उनको उमेर जस्तै कलिलो छ। घरी अस्पतालको शड्ढयाबाट जुरुक्क उठेर बाहिर निस्कनु, घरी आमालाई सानो कुरामा घुर्की लगाउनु। हेटौंडा औलेकी १२ वर्षीया गंगामाया चेपाङ मंगलबार साँझ प्रसुति गृह अस्पतालमा भर्ना थिइन्। गत माघमा कैलाश–७ का १८ वर्षीया रन्जित तामाङसँग विवाह भएको थियो। गत सोमबार स्थानीय अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पुगेकी उनको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा चेपाङलाई राजधानी ल्याइयो। दुई दिन अस्पतालमा रहँदा उनको स्वास्थ्य परीक्षणहरु भए। बिहीबार उनी प्रसूति गृहबाट डिस्चार्ज भइन्। ‘प्रधानमन्त्रीज्यूले गंगामायाको जीवनरक्षा गर्न भनेपछि हामीले राजधानी ल्याउने पहल गरेका थियौं,’प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुवँरले भने। प्रधानमन्त्रीको निर्देशनलगत्तै कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएपछि प्रमुख जिल्ला अधिकारी आत्मान तामाङले गंगामायालाई काठमाडौं पठाउने बन्दोबस्त मिलाएका थिए।

उनलाई मंगलबार साँझ एम्बुलेन्समा राजधानी ल्याइएको हो। अस्पतालले उनको स्वास्थ्य परीक्षणपछि आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको जनाएको छ। गंगामाया सानै भएकीले उनको हेरचाहका लागि उनकी आमा राममाया साथै आएकी छिन्। प्रारम्भिक परीक्षणको क्रममा आमा र बच्चा दुवैको अवस्था अहिलेसम्म राम्रो भएकाले गर्भको अवधि पूरा भएपछि पुनः आउनको लागि सुझाव दिँदै बिहीबार डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सक डा. गेहनाथ बरालले बताए। ‘समय पुगेपछि मात्र बच्चा जन्माउने प्रक्रिया अघि बढ्छ। अहिले निधो गर्न मिल्दैन,’ उनले भने। बालिकाको उमेर सानो भएकाले शल्यक्रियाबाट प्रसूति गर्ने सम्भावना समेत रहेको डा। उनले बताए। ‘गर्भको अवधि पूरा भएपछि सामान्य प्रसूति गर्ने कि शल्यक्रिया गर्ने निधो हुन्छ,’ बरालले भने। डा। बरालका अनुसार गंगामायाको उमेर धेरै सानो भएकाले विशेष निगरानीमा राखेर प्रसूति गराउनुपर्ने हुन्छ। गंगामायाको गत माघमा छिमेकी गाउँ औलेका १७ वर्षीय किशोर रन्जित तामाङसँग विवाह भएको थियो। गंगामाया आफन्तको घरमा गएको बेला रन्जितसँग चिनाजान भएपछि राजीखुशीमा उनीहरुको विवाह भएको हो। तर सानै उमेरमा गर्भवती हुँदा केकस्तो समस्या आउँछ भन्ने बारेमा दुवै अनभिज्ञ छन्। ‘मलाई केही भएको छैन। मलाई त काठमाडौं बजार घुम्न मन छ,’ अस्पतालको शैड्ढयामा उनको चुलबुले पन देखियो। उनले कक्षा चारसम्म पढेकी छिन्। उनका पति रन्जितले भने पढेका छैनन्। जिल्ला सदरमुकामदेखि ५६ किलोमिटर टाढाको औले गाउँमा चेपाङ र तामाङ समुदायको बसोबास छ। करिब ५ सय घरपरिवार रहेको सो गाउँमा गंगामाया मात्र बालविवाह गर्ने एक्ली केटी होइनन्। गाउँमा गंगामायाले जस्तो बालविवाह गर्नु र बच्चा जन्माउनु सामान्य मानिन्छ। ‘गाउँमा सानैमा विवाह गर्ने चलन छ। पन्ध्र वर्षमा दुई वटा बच्चा जन्माउने धेरै छन्,’ आमा राममायाले बुधबार नागरिकसँग भनिन्। गाउँमा यातायात, खानेपानी, बाटोघाटोको विकास हुन नसकेकाले अहिले पनि गाउँलेको जीवन कष्टकर रहेको राममायाले बताइन्। ‘हिउँदमा गाडी गाउँमा पुग्छ, वर्षा लागेपछि बाटो बन्द हुन्छ। एक गाग्री पानी लिन एक घण्टा लाग्छ,’ उनले भनिन्। गाउँमा पर्याप्त खेतीपाती नहुने भएकाले पछिल्लो समय चेपाङ युवा ज्यामी–मिस्त्री काम गर्न काठमाडौं जाने क्रम बढेको उनले बताइन्। चिकित्सकका अनुसार २० वर्ष नपुगी विवाह गरी बच्चा जन्माउनु प्रजनन् स्वास्थ्यको हिसाबले हानिकारक हुन्छ। सानो उमेरमा बच्चा जन्माउँदा आमाको शरीरका अंग परिपक्व नभएकाले विभिन्न शारीरिक जटिलता आउँछन्। बच्चाको गर्भ सानो हुने, आमाको पाठेघर फुट्ने, बच्चा निस्कने मार्ग सानो हुने, बच्चाको गर्भमै मृत्यु हुने, आमाको शरीर दुख्ने, योनी मार्ग च्यातिने लगायतका जटिलता आउन सक्छ। पछि गएर पाठेघर खस्ने, सानो उमेरमा गर्भवती हुँदा शरीरको प्रतिरक्षा कमजोर भई बच्चा पनि रोगी हुनसक्ने डा। बराल बताउँछन्। उनी भन्छन्, ‘कम उमेरमा बच्चा जन्माउनु आमा र बच्चा दुवैको स्वास्थ्यको लागि हानिकारक हुन्छ।

२०७५ मंसिर ७ गते ७:३२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: