कुपोषण बढ्यो
पर्साका बालबालिकामा कुपोषणको डरलाग्दो दर देखा परेको छ । नेपाल युथ फाउन्डेशन र नारायणी उपक्षेत्रीय अस्पतालले हालै संयुक्त रूपमा वीरगन्ज महानगरको एउटा र पोखरिया नगरपालिकाको एउटा वडामा आयोजना गरेको पोषण तथा स्वास्थ्य शिविरले यस्तो तथ्यांक देखाएको हो । उपक्षेत्रीय अस्पतालको पोषण पुनस्स्थापना गृहकी प्रबन्धक सरिता यादवका अनुसार वीरगन्ज महानगर ३० लालपर्सा र पोखरिया नगरपालिका ४ मा क्रमशस् माघ १० र ११ गते आयोजित शिविरमा १० वर्षमुनिका ६ सय ९५ बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा ३ सय ५६ बालबालिकामा कुपोषण देखिएको हो । १७ बालबालिकामा कडा, १ सय २८ मा मध्यम र २ सय ११ मा सामान्य कुपोषण रहेको शिविरको अध्ययनले देखाएको छ । लालपर्सामा ३ सय ३ पाँच वर्षमुनिका र २७ जना ५ वर्षमाथिका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये १ सय ७१ बालक र १ सय ५९ बालिका थिए । पोखरियामा १ सय ९० बालक र १ सय ७५ बालिका गरी ३ सय ६५ को स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये ५ वर्षमुनिका १ सय ८५ र ५ वर्षमाथिका १ सय ८० थिए । जातिगत रूपमा ४ सय ५७ मधेसी, २ सय ३६ मुस्लिम, १र१ जनजाति र ब्राम्हण थिए । दुबै शिविरमा आएकामध्ये १ सय ७२ बालक र १ सय ६७ बालिका मात्र कुपोषण नभएका थिए । कुपोषित रहे नरहेको यकिन गर्न विश्व स्वास्थ्य संगठनको मानकलाई अपनाइएको यादवले बताइन् । ‘हामीले उचाइअनुसार तौल नभएका बालबालिकालाई कुपोषित ठहर गरेका हौं, उनले भनिन्, ‘विश्व स्वास्थ्य संगठनको मानकअनुसार ५ वर्षमुनिका बालबालिकाको उचाइ कम्तीमा १ सय ३० सेन्टिमिटर हुनुपर्छ।
कूल ६ सय ९५ बालबालिकामध्ये १ सय ३५ लाई ग्यास्ट्रिकको समस्या, १ सय ४९ बालबालिकालाई श्वासप्रश्वास, २२ लाई छालाको समस्या, ४ लाई आँखा, १ लाई प्रजनन, २१ लाई नाक कान घाँटी, २६ जनामा रुघाखोकी, १९ लाई मेडिकल स्वास्थ्य, १ लाई मुटुरोग समस्या रहेको पनि पाइएको थियो । शिविरमा आएका १ सय ८२ आमालाई पोषणको परामर्श दिइएको थियो । यादवले ३ खाले कुपोषित बालबालिकामध्ये कडा कुपोषित १७ बालबालिका ज्यानकै जोखिम रहेको बताइन् । ‘उनीहरूले उचित स्याहार र पोषण तत्कालै नपाए सामान्य रोगले पनि उनीहरूको ज्यानै लिन सक्छ, उनीहरूलाई आकस्मिक उपचार आवश्यक हुन्छ,’ यादवले भनिन्, ‘समयमै उपचार नगरिए सामान्य कुपोषित बालबालिका मध्यम र मध्यम कुपोषित बालबालिका कडा कुपोषित हुने सम्भावना पनि उत्तिक्कै हुन्छ । लालपर्साको शिविरमा फेला परेका कडा कुपोषितमध्ये ३ बालबाकिलालाई अभिभावकले अस्पतालको पोषण पुनस्स्थापना गृहमा उपचारार्थ भर्ना गरी सकेको र उनीहरूको स्वास्थ्यमा क्रमशस् सुधार पनि हुँदै गएको यादवले बताइन् । गृहमा उपचारार्थ ल्याइने कुपोषित बालबालिकालाई पहिलो ५ दिन कम क्यालोरी र कम प्रोटिनको दूध, छैठो दिनपछि दाल, भात, तरकारी, अचार, मासु, क्वाँटी, अन्डा, लिटो आदि पनि दिने गरिएको छ । बालबालिका कुपोषित हुनुमा अभिभावकको चेतनाको कमी, पोषण कार्यक्रम प्रभावकारी नहुनु, आमाले गर्भावस्थादेखि उचित स्वास्थ्य उपचार तथा औषधि, खोप आदि नलिनु हुन सक्ने उनले बताइन् । कुपोषणको यो डर लाग्दो डर हो, यसले तराईमा पनि कुपोषण उच्च दर रहेको देखाउँछ,उनले भनिन्, जिल्ला अन्य स्थानीय तहमा परीक्षण गर्दा पनि यस्तै दर देखिन सक्छ, सम्बन्धित निकाय समयमै सजग र सक्रिय हुनु जरुरी छ।
२०७५ फागुन १ गते ११:३२ मा प्रकाशित