समाचारमा बालबालिका

करेन्ट लागेर बालकको मृत्यु

तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बालकको शव दमौली अस्पतालमा राखिएको छ।

२०७५ माघ २७ गते प्रकाशित